18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्क्र्याबल च्याम्पियनसिप हेटौंडामा सम्पन्न
spot_img

स्क्र्याबल च्याम्पियनसिप हेटौंडामा सम्पन्न

spot_img

हेटौंडा/मकवानपुर जिल्लास्तरीय चौथो स्क्र्याबल च्याम्पियनसिप हेटौंडामा सम्पन्न भएको छ । स्क्र्याबल क्लब मकवानपुरको आयोजना तथा हेटौंडा-२ स्थित बालजागृति सेकेण्डरी स्कुलको प्रायोजनमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा मकवानपुर जिल्लाका २३ वटा विद्यालयबाट ४६ जना विद्यार्थी सहभागी भए । प्रतियोगितामा ६ सामुदायिक तथा १७ वटा निजी विद्यालयका विद्यार्थी सहभागी रहे । एउटा विद्यालयबाट दुई जना विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको थियो । बालजागृति सेकेण्डरी स्कुल सञ्चालक समिति अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षता तथा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

प्रतियोगितामा बालजागृति इङ्ग्लिस बोडिङ सेकेण्डरी स्कुलका आरुष राजथला प्रथम भएका छन् । बालजागृतिकै श्रीसुम श्रेष्ठ द्वितीय भएका छन् । सुनगाभा शिक्षा निकेतन इङ्ग्लिस स्कुलका अमोघ चौलागाईं तृतीय भएका छन् । भुटनदेवी माध्यमिक विद्यालयका प्रशान्त शाह चौथो भएका छन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुर प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल, निजी तथा आवासीय विद्यालय अगनाइजेसन (प्याब्सन) केन्द्रीय समिति उपाध्यक्ष उमेश श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद सुबेदी, स्क्र्याबल क्लब मकवानपुर अध्यक्ष विवशजंग थापाको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि