18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाथारु महिलाको पर्व जितिया समापन
spot_img

थारु महिलाको पर्व जितिया समापन

spot_img

हेटौंडा/थारु महिलाहरुको महान् पर्व जितिया समापन गरिएको छ । ३ दिनदेखि उपवास बसेका उनीहरुले बिहीबार हेटौंडाको फरेष्ट्री क्याम्पसमा औपचारिक कार्यक्रम गर्दै १५ औं जितिया समापन गरेका हुन् । थारु महिलासभाको आयोजनामा भएकोे जितिया समापनको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख लामाले विभिन्न जातजातिको बसोबास रहेको हेटौंडा उपमहानगरपालिकामा कला र सँस्कृति जगेर्नाका लागि नगरले काम गरिरहेको बताइन् । भूमिपुत्रका रुपमा मानिने थारु समुदायको सँस्कृति जगेर्ना गर्न उपमहानगरले भूमिका खेलिरहेको भन्दै अब महिलाहरु आर्थिकरुपमा सबल बन्नु जरुरी रहेको बताइन् ।

उनले थारु महिलाहरुमा रहेको सिपलाई आर्थिकरुपमा अघि ल्याउनु जरुरी रहेको औंल्याइन् । उनले आयआर्जनमा जोडिएर अघि बढ्न सके आफ्नै खुट्टामा उभिने वातावरण तयार हुने बताइन् । महिलाले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न उपमहानगरले कोसेलीघर सञ्चालन गरिरहेको भन्दै सिपमा जोडिन सुझाव दिइन् । थारु महिला कल्याणकारीसभा मकवानपुर अध्यक्ष भगवती चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा सभा केन्द्रीय सदस्य जानकी चौधरी, थारु कल्याणकारीसभा मकवानपुर अध्यक्ष सचिदानन्द चौधरी, सल्लाहकार हरिलाल चौधरी, थारु विद्यार्थीसभा सदस्य दीपिका चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सँस्कृति, भाषा जगेर्नाका लागि थारु विवाहित महिलाले जितिया पर्व मनाउँदै आएका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि