Homeमकवानपुर विशेषहेटौँडाप्रदेशका स्वास्थ्य मन्त्रीद्वारा आँखा अस्पताल निरीक्षण

प्रदेशका स्वास्थ्य मन्त्रीद्वारा आँखा अस्पताल निरीक्षण

हेटौंडा/वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरद्वारा हेटौंडा सामुदायिक आँखा अस्पताल निरीक्षण गरिएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले प्रदान गर्दै आएका सेवाहरु र आगमी योजनाबारे मन्त्री थापाले चासो राखे । प्रदेशभित्र प्रभावकारी आँखा स्वास्थ्य सेवा पुर्‍याउनका लागि आफू लागिरहेको र यसका लागि तिलगंगा आँखा प्रतिष्ठानसँग पनि सहकार्य गर्ने कार्यक्रम रहेको उनले बताए ।

पूर्व यातायात एवम् खानेपानी मन्त्री एकालाल श्रेष्ठले हेटांैडा सामुदायिक आँखा अस्पताल यस क्षेत्रको महत्व भएकाले यसको सहयोगका लागि सबैको सहकार्य गर्नुपर्ने बताए । बरिष्ठ नेत्ररोग विशेषज्ञ मोहिनी श्रेष्ठ र व्यवस्थापक सुधीर श्रेष्ठले अस्पतालका गतिविधिबारे जानकारी गराएका थिए । अस्तपाल भ्रमणपश्चात् तिलगंगा आँखा प्रतिष्ठानको बसामाडीमा निर्माणाधीन फ्रेडहोलोस इन्ट्राअकुलर लेन्स लेब्रोरेटरिजको पनि मन्त्री थापामगर एवम् पूर्वमन्त्री श्रेष्ठले अवलोकन गरे ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here