Homeमकवानपुर विशेषहेटौँडाखोलामै छाडिएका लाख भुराको छैन नामोनिशान

खोलामै छाडिएका लाख भुराको छैन नामोनिशान

मनिता राना
हेटौंडा/स्थानीय जातका माछा संरक्षणका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिकाले खोलामा माछालगायत जलचर मार्ने कार्यमा रोकसहित फेला परे कारबाही शुरु गरेको छ । नगरले खोलामा करेन्ट लगाएर माछा मार्ने ५ जनाको समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेर उक्त कार्यको शुरुवात गरेको हो । वडा नम्बर-२ र ३ को सीमास्थित पालुङ खोलामा माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पालिकाका नगर प्रहरीले सोमबार माछा मार्ने समूहका २ वटा बाल्टिन र विद्युत् जडान गर्ने तारसमेत जफत गरेको छ । उनीहरुलाई कारबाहीसहित ५ हजार जरिवाना गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । उनले स्थानीय खोलाबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएर मंगलबार नगरपालिकाले जरिवानासहित कागज गराएर छाडेको बताए ।

माछा मार्ने क्रममा नियन्त्रणमा लिइएकाहरुलाई मंगलबार नगरपालिकामा थाहा नगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ बमोजिम जरिवाना गरिएको हो । नियन्त्रणमा लिइएकाहरुले कानुन कहिल्यै उलंघन नगर्ने र नगरपालिकाले चलाएको सकारात्मक अभियानमा सहयोग गर्ने बताएका छन् । उनीहरुले गलत काम गरेको स्वीकार्दै यस्तो भुल नगर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बताए । थाहा नगरपालिकाले विभिन्न खोलामा माछाका भुराहरु छाड्ने काम गरेको छ । पूर्वी मकवानपुरको वागमती गाउ“पालिका वडा नम्बर-४, झुरझुरेस्थित वागमती नदीमा करिब २ वर्षअघि छाडिएको १ लाख माछाका भुराको हाल नामोनिशान छैन । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटांैडाले वागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा छाडेको थियो ।

पालिका अध्यक्ष सर्केश घलानले पालिकामा माछा मारेर जीविका चलाउने समुदाय रहेको भन्दै भविष्यमा यस कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताएका थिए । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतीय उपकरण प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न रसायनले खोलामा माछाको संख्या घट्न पुगेको बताउँदै त्यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताए । प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछा छाड्ने गरिएको छ । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशय क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत् माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको जानकारी दिइएको छ ।

जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर छन् । कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार भुरा छाडेको थियो भने मकवानपुरको सामरी नदीमा ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको वार्षिक कार्यक्रमका रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कणर्ाली, सप्तकोशी, कालीगण्डकीलागायत नदीमा रहेको जानकारी गराइएको थियो ।

खोलामा माछाका प्रजातिहरु लोप हुने अवस्थामा गएपछि मकवानपुरको छतिवनस्थित सिमात र बकैया खोलामा ५० हजार स्थानीय जातका माछाका भुरा छाडिएका थिए । नदी र खोलामा पाइने स्थानीय प्रजातिका माछाको संरक्षण गरी माछा मारी जीविकोपार्जन गर्ने माझी, दनुवार राईजस्ता समुदायको आयआर्जनमा सघाउन मत्स्य विकास केन्द्र हेटौंडाले ५० हजार रहु र नैनी जातका माछाका भुरा खोलामा छाडेको थियो । स्थानीय जातको माछाको घरका रुपमा खोल्साखोल्सी, खोला र नदीलाई मान्ने गरिन्छ । खोलामा विषादि हाली माछा मार्ने, करेन्ट लगाउने र ब्लाष्ट गने
जस्ता अवैधढंगबाट माछा मारिँदा देशभर नदी र खोलाका माछाको अस्तित्व खतरामा छ । देशभर नै खोलामा विषादि हाली माछा मार्ने गलत प्रवृत्ति बढ्दा खोलाका माछाको अस्तित्व खतरामा पर्न थालेको र यसका कारण जाल हाली माछा मार्ने माझी र राई दनुवारजस्ता जातिको पेशासमेत संकटमा परेकाले स्थानीय जातको माछा संरक्षणको लागि भुरा छाडिँदै आएको छ ।

छतिवनको कर्मचुली र पावसमा गठित माछा संरक्षण समितिले खोलामा हालिएको उक्त माछाको संरक्षण गर्ने भनिए पनि त्यहाँ छाडिएका माछा तौल नपुग्दै सकिए । माछा हालिएपछि खोलामा विषादि प्रयोग गर्न र ब्लाष्ट गरी माछा मार्न नदिइने कर्मचुली माछा संरक्षण समितिले बताए पनि त्यसो हुन सकेन । खोलामा छाडिएका माछाका भुरा संरक्षणका लागि स्थानीयलाई परिचालन गरिएको थियो । सामुदायिक वन संरक्षण गरेको जस्तै स्थानीयले खोला र यसको माछाको संरक्षण गर्नसके खोलाको समेत संरक्षण हुने छ । स्थानीय सचेत युवाहरुले केही समय रातभर गस्ती गरी माछा जोगाउने प्रयास गरे पनि त्यो निष्प्रभावी बन्दा माछाका भुरा आधा किलोभन्दा बढी तौलका हुन सकेनन् । खोलामा कफ्र्यु लगाएजस्तै रातभर गस्ती गर्दा पनि भुराहरु हुर्किन सकेनन् । सानोमा माछा नमार्न आग्रह र रोक्ने धेरै प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

स्थानीय अँधेरी र जुइनालगायत क्षेत्रमा माछा मारेर बिक्री गरी परिवार पाल्दै आएका माझी समुदायको पेशा हाल धरासयी बनेको छ । स्थानीयले माछा संरक्षणमा चासो नदेखाउँदै विष हाल्ने, करेन्ट लगाएर मार्ने र बम पड्काएर मार्ने क्रम नरोकिएपछि ५० हजार भुरामध्ये अधिकांश आधा किलोभन्दा बढी तौल बनाउन नपाइ भान्सामा पुगेको गुनासो स्थानीय राम माझीको छ । माछा संरक्षणका लागि गठित समिति सक्रिय नबन्दा विविध उपाय अपनाएर अवैध तरिकाले माछा मार्नेहरुको संख्या बढ्दै गएकाले माछा जोगाउन नसकिएको उनले बताए ।

अवैधढंगले माछा मारेका ४ जनालाई हात्तीसुँडे प्रहरीले प्रक्राउ गरी जरिवाना गराएर आइन्दा त्यसो नगर्ने शर्तमा छाडेको थियो । पछिल्लो समय फितलो कारबाही र स्थानीयकै निष्क्रियताका कारण माछा जोगाउन हम्मे परेको माझीको भनाइ छ । स्थानीय युवाको अर्को समूहले खोलामा माछा मार्न खुलेको हल्ला गाउँभर फिँजाएपछि हजुरबुबादेखि नातिसम्मकाहरु खोलामा माछा मार्न पुगेको स्मरण गर्दै माझीले अवैध कारोबारीले ती दुई खोलाका माछा मारेर ड्रमका ड्रम बिक्री गर्ने गरेकाले यस्तो अवस्था आएको बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here