हेटौंडा/हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द गराउने भनिए पनि बुधबारबाटै खुला गरिएको छ । सडक कालोपत्र गर्नका लागि मंगलबार असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निणर्य गरिएको थियो । दशैंको पूर्वसन्ध्यामा सवारी साधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमका समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको जनाइएको छ ।
दक्षिणकाली नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य तत्काललाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा खुला गरिएको जनाएको छ । दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो । नगर प्रमुख मोहन बस्नेतका अनुसार दशैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयलाई पनि समस्या हुने भएकाले हाललाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।