Homeमकवानपुर विशेषहेटौँडाहस्तकलालाई अर्थतन्त्रको प्रमुख बनाइने

हस्तकलालाई अर्थतन्त्रको प्रमुख बनाइने

हेटौंडा/वागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमबार प्रदेशसभा बैठकबाट उक्त विधेयक सर्वसम्मत् पारित भएको हो । प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले पेस गरेको विधेयक सभामुख भुवनकुमार पाठकले निणर्यार्थ प्रदेशसभामा पेस गरेका थिए । सभामुख पाठकले पेस गरेको विधेयकलाई सांसद्हरुले सर्वसम्मत् स्वीकृत गरेका हुन् । २५ असोज २०८० मा तत्कालीन उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशसभामा दर्ता गरेको विधेयक करिव एक वर्षपछि पारित भएको हो ।

आइतबार उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निणर्यको प्रतिवेदन पेश गरेका थिए । विधेयक पारित भएसँगै हस्तकलालाई प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रका रुपमा विकास गरी स्वदेशी पँुजी, स्थानीय सिप तथा कला र स्रोतको अधिकतम् परिचालनसहित स्वदेशमा निर्मित हस्तकलाका वस्तु पहिचानलाई विश्वबजारमा स्थापित गर्न मद्धत पुग्ने मन्त्री तामाङले बताइन् ।

स्वदेशमा हस्तकला सामग्री प्रयोगमा वृद्धि गर्न र छरिएर रहेका लघु तथा घरेलु हस्तकला उद्योगलाई एकीकृत गरी उत्पादन र हस्कला उद्योगको उत्पादकत्व अभिवृद्धि गर्न प्रदेशभित्र हस्तकलाग्राम स्थापना र सञ्चालनसम्बन्धमा कानुनी व्यवस्था वाञ्छनीय भएकाले ऐन बनाइएको मन्त्री तामाङले जानकारी दिइन् ।

हस्तकलाग्राम महासंघ केन्द्रीय अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि तीन गुणाले उत्पादन र निर्यात बढाउन सकिने बाटो खुलेको बताए । उनका अनुसार ८० प्रतिशत् हस्तकला वागमती प्रदेशबाट निर्यात भइरहेको छ । देशभर १९ जिल्लाका हस्कलाग्राम संघ छन् ।

हस्तकलाभित्र १३ वटा बस्तुगत् संघ आवद्ध छन् । जसमध्ये पश्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ हस्तकलाभित्र पर्दछन् । कपडाबाट बनेका सामानमा खासगरि पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामान पर्दछन् भने ऊनबाट बनेका सामग्री पनि पर्दछन् । सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत हस्तकलाभित्र पर्दछन् । भाँडाहरुमध्ये गमला, घ्याम्पो, घैंटो, हाँडी र खुत्रुके आदि पनि हस्तकलाभित्र पर्दछन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here