हेटौंडा/मकवानपुरगढी-३, मक्राञ्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाले वार्षिकोत्सवको अवसर पारेर साधारणसभा गरिएको हो । मकवानपुरगढी गाउँँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्था अध्यक्ष लम्सालले संस्थागत् प्रतिवेदन र लेखा संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा असली ऋणी सानुमाया स्यांतान, मञ्जु दाहाल, टपकुमारी हुमागार्इं, कान्छीमाया स्यांतान, निरुमाया लो, बाल बचतकर्ता सलिना देबकोटा, किशोरी बचतकर्ता गंगा सापकोटालाई पुरस्कृत गरिएको थियो । ज्येष्ठ शेयर सदस्य विष्णुमाया हुमागाईं, ठूलीमाया दोङ, ठूलीमाया घलान, कुमारी लो, लक्ष्मी भोमजन र विष्णुमाया स्यांतानलाई सम्मानित गरिएको थियो ।
साधारणसभामा मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत् घिमिरे, ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, ३ का सदस्य विदुर हुमागाइ्र्र, नेपाल कृषि सहकारी संघ लेखा संयोजक महेश्वर सुबेदी, राष्ट्रिय सहकारी महासंघ सञ्चालक सदस्य बद्रिप्रसाद लम्साल, पशु विकास कार्यालय मकवानपुरका डा. मदन भण्डारी, मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्यबहादुर गुरुङ, पशु शाखा प्रमुख सत्यनारायण शाह, जागरण सहकारी अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशील समाज सहकारी अध्यक्ष कृष्ण बिडारी, हिमाल महिला बहुउद्धेश्यीय सहकारी अध्यक्ष जानुका दाहाल, नेपाल रेडक्रस मकवानपुरगढी अध्यक्ष कृष्णप्रसाद पोखरेल, रानी सामुदायिक वन अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतको सहभागिता थियो ।
२ सय ९७ वटा समूहमा १ हजार ५ सय ८४ शेयर सदस्य संस्थामा आवद्ध छन् । १ करोड ५६ लाख शेयर पुँजी, ९ करोड ५५ लाख निक्षेप र ऋण लगानी ९ करोड १६ लाख रहेको व्यवस्थापक गीता लम्सालले बताइन् ।