18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजोखिम न्यूनीकरणका लागि स्थानीयकरणबारे छलफल
spot_img

जोखिम न्यूनीकरणका लागि स्थानीयकरणबारे छलफल

spot_img

 

हेटौंडा/हेटौंडामा जोखिम न्यूनीकरणका लागि स्थानीयकरण र सुशासन विषयक छलफल भएको छ । सोमबार राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल, विपद् पूर्वतयारी सञ्जाल नेपाल, ग्रामीण समाज कल्याण संघ र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयकरण र विपद् सुशासन अभिवृद्धि विषयक छलफल भएको हो ।

- Advertisement - Ad Banner

गैरसरकारी सस्था महासंघ नेपाल अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल मकवानपुर अध्यक्ष सूर्यबहादुर थापाले आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले विपद् बाजा बजाउ“दै नआइ एक्कासी हुने घटनालाई मानिसले पूर्वतयारीमा बस्नुपर्ने बताए । नेपालमा भएका विपद्का विषयमा संसद्मा पनि पटकपटक छलफल चलिरहेको उनले जानकारी दिए । ॅविपद् न्युनीकरण गर्नमा जनता आफैं पनि सचेत हुनु जरुरी छ । विपद् परिआएको खण्डमा जनताले पनि आफू पूर्वतयारी अवस्थामा बस्नुपर्छ,’ मन्त्री महर्जनले भने ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर

प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल, डीएसपी लक्ष्मी भण्डारी, सशस्त्र प्रहरी बल १४ नम्बर गण प्रमुख ज्ञानप्रसाद भुर्तेल, मामाघर नेपाल मकवानपुर अध्यक्ष अर्पण
पराजुलीलगायत विभिन्न संघसंस्थाका प्रमुखको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि