काठमाडौं/नेपालकी एरिका गुरुङले चीनको हाङ्जाउमा भएको २० औं एसियन सिनियर करातें च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । आइतबार भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका भियतनामकी नाओन थी नुयेनसँग पराजित भएकी हुन् । उनी विपक्षी खेलाडीसँग अंक जोड्न नसक्दा ६-० अंकले हारिन् ।
तर, यस एसियन च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो । हालसम्म कुनै नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् । यसअघि गत वर्ष १९ औं एसियन गेम्समा रजत पदक जित्दा सोही खेलाडीसँग उनी पराजित भएकी थिइन् ।