21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामकवानपुरगढीमा रनिङ शिल्ड फुटसल
spot_img

मकवानपुरगढीमा रनिङ शिल्ड फुटसल

spot_img

हेटौंडा/सातौं संस्करणअन्तर्गत् मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटसल प्रतियोगिता असोज १७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता प्रतिभा युवा क्लब मकवानपुरगढी-४ को आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको हो ।

यसअघिका प्रतियोगिताहरु गढी स्टार स्पोर्ट्स् क्लबले आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता भने प्रतिभा युवा क्लबले आयोजना गर्न लागेको हो । असोज २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर-३, भानु माविको मिनिपिच (फुटसल) मा हुने आयोजक क्लब अध्यक्ष हेमबहादुर योञ्जनले जानकारी दिए ।

- Advertisement - Ad Banner

प्रतियोगितामा पालिकाका सबै वडाबाट सहभागिता जनाउने अपेक्षा गरिएको अध्यक्ष योञ्जनले बताए । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने समूहले क्रमशः ८० हजार र ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । छैटौं संस्करणको प्रतियोगितामा प्रतिभा युवा क्लब विजेता र आयोजक गढी स्टार स्पोर्ट्स् क्लब उपविजेता भएका थिए । उक्त प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि