हेटौंडा/ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा-१८, हर्नामाडी ठूलोदमारको ३१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ५३ हजार अनुमानित आयव्यय तथा विभिन्न कार्यक्रमहरु गर्ने निणर्य पारित गरेको छ ।
समूह अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष रामबाबु खतिवडाले चालु आवको अनुमानित आयव्यय प्रस्तुत गर्दै गत वर्षझंै यस वर्ष पनि वनविकास, सामुदायिक विकास र गरिबी न्यूनीकरणलगायत कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले समूहको भवन निर्माणमा ६० लाखको कोष निर्माण गर्ने पनि जानकारी दिए । समूहको कार्यकाल ५ वर्षको हुने गरी विधान तथा कार्ययोजना संशोधन गर्ने पनि निणर्य भएको छ ।
उनका अनुसार वनव्यवस्थापन कार्यक्रममा वनव्यवस्थापन, सम्वद्र्धनका कार्यक्रमहरु, चरिचरण व्यवस्थापनसहित वृक्षरोपण, वन्यजन्तु तथा चराचुरुंगीका लागि पोखरी निर्माण, वन सदुपयोगसम्बन्धि कार्यक्रमहरु र उपभोक्ताहरुलाई फलफूलका बिरुवा वितरण गरिने छ ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत् विभिन्न संघसंस्थाहरुलाई आर्थिक अनुदान, उपचार सहयोग उपलब्ध गराउनुका साथै खेल मैदान स्तरोन्नति, सत्तल निर्माण, थानी मन्दिर निर्माण, प्रतीक्षालय निर्माण, कुवा मर्मत, पर्यटन, पर्यावरण विकासलगायत कार्यक्रमहरु गरिने पनि उनको भनाइ छ ।
समूह अध्यक्ष खतिवडाले गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत् महिला सशक्तीकरण, उद्यमशीलता, कृषिमा अनुदान सहयोग, लक्षित वर्गहरुमा अनुदान सहयोग, समूहलाई आर्थिकरुपमा सबल बनाउनुका साथै समुदायलाई आत्मनिर्भर, सिपमुलक बनाउन आफ्नै काठ प्रशोधन उद्योग सञ्चालन गर्ने र वनभित्रका खाली ठाउ“मा आयआर्जनमूलक खेती लगाउने कार्यक्रम गरिने बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अनिलकुमार बानियाँले वन समूहको रकम सही ठाउ“मा लगानी हुनुपर्नेमा जोड दिए । समूहले लक्षितवर्गका समूहलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वाससमेत व्यक्त गरे । हर्नामाडीमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहभन्दा ज्योतिमा आर्थिक पारदर्शिता रहेकाले उक्त वन समूह वडाकै उत्कृष्ट रहेको दाबी उनले गरे ।
कार्यक्रमका विशिष्ट अतिथि हर्नामाडी सबडिभिजन कार्यालय प्रमुख मदन घिमिरेले चालु आवको कार्यक्रममा वनपैदावार चोरी, तस्करी नियन्त्रणका विषय समेट्न आग्रह गरे । उनले सबडिभिजनको क्षेत्राधिकारभित्रका १५ वटा सामुदायिक वनमध्ये समयमै साधारणसभा गर्ने ज्योति सामुदायिक वन पहिलो भएकोमा प्रशंसा गरे ।
समूहका सल्लाहकार संयोजक एवम् वंशगोपाल बचत तथा ऋण सहकारी संस्था अध्यक्ष अरुणकुमार खतिवडाले समूहको हालसम्मको क्रियाकलाप लोकतान्त्रिक पद्धतिमै रहेको बताए । उनले वन तथा वातावरण जोगाउन निरन्तर लाग्न
सुझाए । कार्यक्रममा समूहका सचिव राजकुमार श्रेष्ठले आव २०८०/०८१ को आयव्यय प्रस्तुत गरे ।
कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार हर्नामाडी कला प्रतिष्ठान अध्यक्ष हर्क रम्तेल, समूहका पूर्वअध्यक्ष मंगलसिं लामा, रामधुनी टोलविकास संस्था अध्यक्ष रमेश सिलवाल, समूह लेखा संयोजक इमानबहादुर थापा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रोशन थापा, वडा प्रहरी इञ्चार्ज उर्मिला रानाले मन्तव्य राखेका थिए ।
समूह उपाध्यक्ष रेखा खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य पुजा मंग्राती, समूह पूर्वअध्यक्ष प्रेम बराल, वैदिक वानप्रस्थ गुरुकूलका शिक्षक कृष्णप्रसाद गर्तौला र समूह लेखा सदस्य बालकुमार श्रेष्ठ, देवकी कोइराला, रामधुनी कालीवन सामुदायिक वन उपाध्यक्ष काजीमान थिङ र उपभोक्ताको उपस्थिति थियो ।