21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाराजदेवी अध्यक्षमा पराजुली
spot_img

राजदेवी अध्यक्षमा पराजुली

spot_img

हेटौंडा/हेटौंडा-१७, राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्था अध्यक्षमा रमेशकुमार पराजुली चयन भएका छन् । सहकारीको शनिबार भएको २० औं वार्षिक साधारणसभाको बन्दसत्रले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत् चयन गरेको हो ।

समिति उपाध्यक्षमा लक्ष्मीकुमारी कर्माचार्य, सचिवमा श्यामलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली चयन भएका छन् । सदस्यहरुमा कल्पना चौलागाईं, सोबिता तिमल्सिना, सुमित्रा लामा, उषा लुर्इंटेल र उर्मिला बजगाईं नेपाल चयन भएका छन् । हेटौंडा १७ का वडा अध्यक्ष उद्धब सत्यालको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष मधुसूदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

- Advertisement - Ad Banner

साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत् प्रतिवेदन, उपाध्यक्ष रामप्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन, सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य रामबहादुर लामा, श्रीदेवी न्यौपाने, अपांग बाल सदस्य सक्षम सञ्जेल, बढी बालबचत गर्ने सशांक श्रेष्ठ, स“स्कृति धमला, बढी मासिक बचत गर्ने श्रीकृष्ण तिमल्सिना र असली कारोबार गर्ने नर्मिला थापामगरलाई पुरस्कृत गरिएको थियो । ६ सय ५२ शेयर सदस्य र ३ सय ३२ जना बाल बचतकर्ता रहेको सहकारीको शेयर पु“जी ६५ लाख २० हजार, निक्षेप बचत ४ करोड २१ लाख १९ हजार र ऋण लगानी ४ करोड ५६ लाख ६१ हजार रहेको व्यवस्थापक हेमबहादुर कु“वरले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि