हेटौंडा/हेटौंडा-११ स्थित नवयुवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ मा ५७ लाख ८३ हजार मुनाफा आर्जन गरेको छ । संस्थाको सेयर पुँजी २ करोड ८४ लाख, सहकारीको कुल बचत निक्षेप रकम २३ करोड ७१ लाख छ ।
सहकारीको शनिबार भएको १६ औं वार्षिक साधारणसभामा सहकारी अध्यक्ष फूलमान श्रेष्ठले उक्त जानकारी दिएका हुन् । वागमती प्रदेश सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष नारायण देबकोटाको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष देबकोटाले सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेका समस्यालाई हल गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सहकारी अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे । अध्यक्ष श्रेष्ठले कार्यक्रममा संस्थाले सहकारीको असल ऋणी, नियमित बचत, उत्कृष्ट बालबचत, एकल महिला, ज्येष्ठ नागरिक बचत, पेन्सन बचतलगायत विविध विधामा उत्कृष्ट रहेकाहरुलाई पुरस्कृत गरिएको थियो । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, वडाध्यक्ष जुना दाहाल, सहकारी सञ्चालक समितिका सदस्यलगायत सेयर सदस्यको आतिथ्यता थियो । हेटौंडा उपमहानगरपालिका वडा-११ निवर्तमान वडाध्यक्ष संस्था संस्थापक अध्यक्ष गोकणर्प्रसाद पराजुली, जिल्ला नेफ्स्कुन मकवानपुर फिल्ड इञ्चार्ज, जिल्ला बचत संघका प्रतिनिधिलगायत संस्थाका शेयर सदस्यको उपस्थिति थियो ।