काठमाडौं/यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते विहान ११ः३६ बजे रहेको नेपाल पञ्चांग निणर्ायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ ।
असोज १७ गते घटस्थापना हो । विहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चांग निणर्ायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ । असोज १८ गते झण्डा फेर्ने साइत छ । उक्त दिन विहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।
असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फुलपाती छ । फुलपाती भिœयाउने शुभसाइत विहान ७ बजेर ११ मिनेटमा छ। स्थिरासन विहान ८ बजेर ४३ मिनेटमा छ । यस दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ । असोज २४ गते फुलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि बढ्ने गर्दछ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।
असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन विहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमराग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निणर्ायक विकास समितिका जनाएको छ । असोज ३० गते बुधबार कोजाग्रत पूणर्िमा छ ।