Homeमकवानपुर विशेषहेटौँडास्काउटद्वारा स्कार्फ सुशोभन

स्काउटद्वारा स्कार्फ सुशोभन

हेटौंडा/नेपाल स्काउट स्थानीय पालिका हेटौंडा उपमहानगरपालिकाको आयोजनामा दशैं, तिहार र छठको अवसरमा शुुभकामना आदानप्रदान तथा एड्भान्स स्कार्फ सुशोभन कार्यक्रम पालिकाको आयुक्त अनिल आचार्यको सभाध्यक्षता तथा राष्ट्रिय प्रशिक्षक तथा पूर्वजिल्ला आयुक्त बेली थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नेपाल स्काउटको सन् २०३२ सम्म सात लाख स्काउट संख्या पुर्‍याउने लक्ष्यलाई मध्यनजर गर्दे हाल हेटौंडा उपमहानगरपालिकाभित्र तीव्ररुपमा स्काउट एकाईं सञ्चालित भइ २७ वटा विद्यालयमा स्काउट शिक्षा कार्यक्रम सञ्चालनमा छन् । तर, स्काउट युवा कार्यक्रमको नीति तथा नेपाल स्काउटको तोकिएको पाठ्यक्रमबाहिर रही स्काउट एकाईं सञ्चालन गर्ने विद्यालयलाई स्काउट अनलाइन पोर्टलमा दर्ता गरी आवश्यक मापदण्ड पुर्‍याउने र विद्यालय अनुुगमन गर्ने नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य कार्यक्रमका विशिष्ट अतिथि अशोक सारुमगरले बताए ।

संघीय संरचनामा गएपछि नेपाल स्काउटको जिल्ला संरचना विघटित भइ निर्वाचित स्थानीय पालिका समिति आएर जिम्मेवार बहन गरी कार्य गर्दे आएकोमा स्थानीय स्काउट कार्यालयले विभिन्न कार्यक्रममा बारम्बार निमन्त्रणा गरे पनि कार्यक्रममा सहभागी नहुनु, मनलाग्दी स्काउट युनिफर्म सामग्री बिक्री वितरण गर्नु र तत्कालीन नगर स्काउट तदर्थ समितिले औपचारिकरुपमा हरहिसाबको हस्तान्तरण नगर्नु असल स्काउट हुन नसक्ने बताइएको छ ।

सहमति सहकार्य गरी सबै विद्यालयमा एकरुपता कायम गर्न स्काउट कक्षा गर्न र परिमार्जित स्काउट पाठ्यक्रम भन्दाबाहिर बसेर स्काउट सञ्चालन गर्नु गलत स्काउटिङ शिक्षा हुने कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय प्रशिक्षक तथा पूर्वजिल्ला आयुक्त थापाले बताइन् ।

नेपाल स्काउटको एड्भान्स तालिम लिइ चौथो चरणको प्रक्रिया पूरा गरी नतिजा प्रकाशन भएर नामावली आएका स्काउटर डेमिज थापा, सुमित्रा लामा, शर्मिला ढकाल, शारदा मैनाली, शान्ता घलान, सीता भ्लोनलाई सपथ खुवाइ राष्ट्रिय प्रशिक्षक थापाले एड्भान्स स्कार्फले सुशोभन गरिन् । सोही अवसरमा अमेरिका बसाइका लागि जान लागेका श्रमिक स्काउट ट्रुपका स्काउटर शान्ता घलानलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो ।

कार्यक्रममा पूर्वजिल्ला सदस्य कृष्णमाया लटौला, राष्ट्रिय सहायक प्रशिक्षक लक्ष्मी थापा, पुण्यशीला श्रेष्ठ, अप्सरा पण्डित, हिमलाल वाग्लेलगायतले शुुभकामना मन्तव्य राखे । कार्यक्रममा विभिन्न विद्यालयका स्काउटर, शिक्षक तथा पेन्गोलिन ओपन क्र्यूू र मनहरी ओपन क्र्यूका रोभर/रेञ्जरको सहभागिता थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here