21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापत्रकार महासंघमा राजीनामाको लहर
spot_img

पत्रकार महासंघमा राजीनामाको लहर

spot_img

काठमाडौं/नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले पनि राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि बिष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि बिष्ट कार्यबाहक अध्यक्ष बनेका थिए । उनको राजीनामाको बोधार्थ महासंघ उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिइएको छ ।

उनले महासंघको विधिविधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । कार्यबाहक अध्यक्ष बिष्टले बिहीबार महासंघ केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि