Homeमकवानपुर विशेषहेटौँडाबगाइ मृत्यु भएकीको परिवारलाई आर्थिक सहयोग

बगाइ मृत्यु भएकीको परिवारलाई आर्थिक सहयोग

हेटौंडा/मनहरी गाउँपालिकामा खोलाले बगाइ मृत्यु भएकी बालिकाको परिवारलाई आर्थिक सहयोग भएको छ । भीषण वर्षाका कारण आएको खहरे खोलाले बगाइ मृत्यु भएकी मनहरी-८, निवासी रञ्जिता गुरुङको परिवारलाई मनहरी गाउ“पालिकाले राहतस्वरुप ५० हजार सहयोग गरेको हो ।

शुक्रबार मृतक बालिकाका बाबु जीतेन्द्र गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । जीतेन्द्रलाई पालिका अध्यक्ष रञ्जन कालाखेतीले वागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिया, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बतौला लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । रञ्जिताको भदौं २५ गते भीषण वर्षाका कारण आएको बाढीले घरनजिकको खोल्सामा बगाएर मृत्यु भएको थियो । विद्यालयबाट फर्किने क्रममा उनलाई खोलाले बगाएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here