Homeमकवानपुर विशेषहेटौँडापृथक् पहिचान बोकेको संविधान

पृथक् पहिचान बोकेको संविधान

हेटौंडा/प्रदेश सरकाले बिहीबार संविधान दिवस भव्यतासाथ मनायो । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले संविधान दिवस मनाएको हो । तीनदिने कार्यक्रमकै घोषणा गरेर मंगलबारदेखि विविध कार्यक्रम गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमस्थलमा सरकारमा सहभागी रहेका दलका कही सांसद् र मन्त्रीमात्र उपस्थित भए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी दलका कोही सांसद्को सहभागिता रहेन । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रमको निम्तो सबै सांसद्लाई पुगे पनि अनुपस्थित रहेको पाइएको हो ।

प्रदेश सरकार आफैंले आयोजना गरेको कार्यक्रममा प्रतिपक्षी दलहरुले बहिष्कार नै गर्ने चलन वागमतीका लागि भने नौलो होइन । यसअघि मनाईदै आएका प्रदेशसभाको वार्षिकोत्सव, गणतन्त्र दिवसलगायत कार्यक्रमहरु प्रायः जुन दल प्रतिपक्षीमा छन्, ती दल कार्यक्रममै उपस्थित नहुने प्रचलन मौलाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल आफूलाई सरकारमा सहभागी मन्त्रीहरु कसैको पनि फोन नआएको तर दलको कार्यालयका निम्तोको चिठ्ठी पुगेको बताउँछन् ।

प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा चिठ्ठी पुगेको भन्ने खबर आएको थियो, प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले भने-तर, धादिङमा पार्टीको कार्यक्रम भएका कारण उपस्थित हुन सकिएन ।

भ्याउँदा संविधान दिवसजस्तो गरिमामय दिनको कार्यक्रममा उपस्थित हुँदा राम्रै हुन्थ्यो । साउन ९ गते हेटौंडाबाट फर्किएका उनी त्यसपछि हेटौंडा आउने विशेष काम नै नपरेको बताउँछन् ।

प्रतिपक्षी दलको भूमिकामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने संविधान दिवस आफ्नो दलले बहिष्कार गरेका कारण प्रदेश सरकारको समारोहमा उपस्थित नभएको स्वीकार गर्छ । संविधानमै असहमति रहेको दल संविधान दिवसको समारोहमा उपस्थित भइ-रहनुपर्ने कुनै कारण नरहेको राप्रपा संसदीय दलका नेता उद्धब थापाले बताए ।

राजनीतिक दलका सांसद्मात्र होइन, कार्यक्रममा प्रदेशसभाका सभामुखसमेतले उपस्थिति जनाएनन् ।

राप्रपाबाट समानुपातिक निर्वाचित भएर सदनमा पाइला टेकेका सभामुख भुवनकुमार पाठकले प्रदेशको सभामुखजस्तो गरिमामय पदमा निर्वाचित हुने अवसर पाएका थिए ।

सभामुख भएपछि नैतिकताका आधारमा पार्टीबाट राजीनामा दिएर स्वतन्त्र बनेर सदन हाँक्नुपर्ने जिम्मेवारी बोकेका पाठक यसअघि गणतन्त्र दिवसमा समेत अनुपस्थित भएका थिए । आफ्नो कार्यकक्षमै पृथ्वीना-रायण शाहको ठूलो तस्बीर सजाएका उनले लोकतान्त्रिक गणतन्त्रका दिवसहरु मान्न नसकेको पुष्टि गर्छ ।

प्रदेश सरकारले संविधान दिवस मनाइरहँदा प्रदेशकै सभामुखज्युको उपस्थिति किन रहेन ? प्रश्नमा सभामुख पाठकले घरमा श्राद्धको तिथि परेको कारण उपस्थिति जनाउन नसकेको बताए । यसमा मेरो कुनै स्वार्थ छैन, उनले भने-सोह्र श्राद्धको तिथिमा घरमा आफैंले श्राद्ध गर्नुपर्नेछ । सोही कारण कार्यक्रममा आउन नपाएको हुँ । यो कुरा मैले पहिल्यै मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइसकेको थिएँ ।

सभामुख पाठकले श्राद्धको बहाना बनाए पनि उनले संविधान मान्न नसकेकै कारण उपस्थित नभएको हुनसक्ने आंकलन छ । सभामुख भएपछि पार्टीको सदस्यता त्याग्नुपर्ने मा उनले पदबाट समेत राजीनामा दिएका छैनन् ।

तर, खुलेर राजनीतिमा भने लागेको पाइएको छैन । देश संघीयतामा गएपछि प्रदेश सरकारले संविधान दिवस मनाउँदै गर्दा यस्ता दिवसहरु सत्तारुढ दलका मात्र प्राथमिकतामा पर्नु गलत भएको राजनीतिज्ञहरु बताउँछन् ।

पछिल्लो समय प्रदेशप्रति नागरिकले हेर्ने दृष्टिकोण चिर्नका लागि पनि सबै दलहरु एकजुट हुनुको विकल्प नरहेको ती राजनीतिज्ञहरुको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, २०७२ जारी भएको दिन सारा नेपालीको लागि हषो ल्लासको दिन रहेको भन्दै वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज संविधान नेपाली जनभावना र मर्मसापेक्ष रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा हेटौंडामा आयोजित प्रादेशिक कार्यक्रममा उनले संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको उल्लेख गरेका हुन् ।

नेपालको संवैधानिक इतिहासमा पहिलोपटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले संविधानसभामार्फत् जारी संविधान आफैंमा उत्कृष्ट रहेको भन्दै उनले भने-जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूणर् प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा यसका मुख्य विशेषता हुन् ।

विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धनमा नेपाल अधिराज्यको संविधानले जोड दिएको छ ।
लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत् गर्नु संविधानको मार्गदर्शन हो ।

संविधानको मर्म र भावनालाई अक्षरसः पालना गरेमा देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्नेछ, उनले सबै कुरा परिवर्तनशील, समयअनुसार विभिन्न समयमा विभिन्न संविधान जारी भए पनि यो जनताको प्रत्यक्ष संलग्नतामा जारी भएकाले पृथक् पहिचान बोकेको संविधान हो ।

उनले थपे-संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिणाम पक्कै आउँछ । कार्यान्वनको इमान्दारितामा सम्पूणर् तह र तप्काबाट उचित पहल अनिबार्य छ । जनता आफैंले आफ्ना लागि जारी गरेको संविधान आफैंमा विशिष्ट छ । र, यो सम्पूणर् देशबासीको उज्ज्वल भविष्यको द्योतक हुनेछ ।

मुख्यमन्त्री बहादुरसिंह लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवकोटाको प्रमुख आतिथ्यता थियो भने प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको विशेष आतिथ्यता थियो । प्रदेशका विभागीय मन्त्री, सांसद्, मन्त्रालयका सचिवहरु, कर्मचारी, सुरक्षा निकायलगायतको उपस्थिति थियो ।

प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गर्दै सोही अवसरमा हेटौंडामा बिभिन्न कार्यक्रममा मुख्यमन्त्रि लामाले सहभागिता जनाएका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here