हेटौंडा/वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा बुधबार एकैदिन हेटौंडामा ५ वटा कार्यक्रम भएका छन् । प्रदेश उद्योग परिसंघको तेस्रो वार्षिक साधारण सभा, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस-२०८१ मूल समारोह, गैरसरकारी संस्था महासंघ नेपालले आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलन, नेपाल शिक्षक प्रदेशले आयोजना गरेको छलफल, सम्मान तथा अन्तत्र्रिmया, भलिबल प्रतियोगिता समापन कार्यक्रममा मुख्यमन्त्री लामाको प्रमुख आतिथि भएका हुन् ।
उद्योग परिसंघको उद्घाटनमा १० बजे पुगेका मुख्यमन्त्री ११ बजेका लागि तय गरिएको राष्ट्रिय शिक्षा दिवस मुल समारोह उद्घाटनमा केही समय ढिला सामाजिक विकास मन्त्रालयको सभाहलमा पुगेका थिए । रोयल पार्टी प्यालेसमा दिउ“सो १२ बजेका लागि तय गरिएको प्रदेशस्तरीय कार्यक्रममा एक घण्टा ढिला गरी कार्यक्रम उद्घाटनका लागि कार्यक्रममा पुगेका थिए । त्यसपश्चात् २ बजेको लागि तय गरिएको सम्मान तथा अन्तत्र्रिmया कार्यक्रममा पुनः सामाजिक विकास मन्त्रालयको छलफलमा करिब एक घण्टा ढिला गरी मुख्यमन्त्री पुगे । त्यसपछि भलिबल प्रतियोगिता समापनका लागि हेटौंडा-४, हुप्रचौर पुगे ।
एक घण्टा ढिला गरी सम्मेलन उद्घाटनका लागि पुगेका मुख्यमन्त्री लामाले सम्मेलनले घोषणा गरिएको ११ बु“दे घोषणापत्रलाई कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहकार्य र समन्वय जरुरी रहेको बताए । प्रदेश सरकारका मुख्यमन्त्रीले सार्वजनिक निमन्त्रणालाई अस्वीकार गर्न नसक्दा एकैदिन ५ वटा कार्यक्रममा सहभागी हुन बाध्य भएको बताए ।
सम्मेलन कार्यक्रमलाई सम्बोधनपश्चात् मुख्यमन्त्री लामा पुनः सामाजिक विकास मन्त्रालय पुगे । त्यसपछि प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिता समापन गर्न पुगेका थिए ।
मुख्यमन्त्री लामाले टिकौलीमा निर्माणाधीन हरियाली पार्कको समेत अवलोकन गर्न भ्याएका छन् । रत्न नगर नगरपालिकाले महत्वसाथ अगाडि बढाएको हरियाली पार्कको निर्माणाधीन योजनाबारे मुख्यमन्त्री लामाले अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रह्लाद सापकोटाले हरियाली पार्क निर्माण गर्नुको उद्धेश्यबारे जानकारी गराएका थिए ।
उक्त अवसरमा मुख्यमन्त्री लामाले रत्ननगरमा निर्माणाधीन हरि- याली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने भन्दै प्रदेश सरकारले थप लगानी गर्ने बताए ।