Homeमकवानपुर विशेषबकैयाबकैया गाउँपालिकामा ताला

बकैया गाउँपालिकामा ताला

हेटौंडा : बकैया गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कार्यपालिकाको नियमविपरीत कर्मचारी सरुवा, बढुवा र घटुवालगायत विभिन्न कामहरु एकलौटीढंगले गर्दै आएको दाबीसहित नेकपा एमाले र माओवादी केन्द्रका गाउँ कमिटीहरुले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रको अवज्ञा गरिएको भन्दै शुक्रबार पालिकाको कार्यालयमा ताला लगाइएको छ । पालिका अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् । नेकपा माओवादीका तर्फबाट पालिका उपाध्यक्ष विजयी भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी भएको हो ।
निर्णयहरु बदर नगरिए गाउँपालिकामा पर्न आउने घटनाको सम्पूर्ण भागीदार पालिका अध्यक्ष रहने उनीहरुले चेतावनी दिएका छन् । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गरेको काममा चित्त नबुझेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गाउँपालिका कार्यालयको मुल ढोकामा ताला लगाएका हुन् । उपाध्यक्षसहित ११ जना कार्यपालिका सदस्यले ऐक्यबद्धता जनाएका छन् । अध्यक्ष लामिछानेले गरेका निर्णयहरु विवादास्पद् भएको भन्दै विरोध जनाएर ताला लगाइएको हो ।
अध्यक्ष लामिछानेले आफूले सफा भावनासाथ काम गरिरहेको बताएका छन् । उनले राजनीतिक स्वार्थबाट प्रेरित भइ तालाबन्दी गर्ने कार्य भएको बताए । पालिका सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी छैठौं तहका फटिकरमण प्याकुरेलले सम्हाल्दै आएकोमा प्याकुरेललाई दुई वटा शाखाको जिम्मेवारी रहेको भन्दै पालिकाले छैठौं तहकै रमेश फुयाँललाई स्वास्थ्य शाखाको जिम्मेवारी प्रदान गर्ने तयारी गरेको थियो । भने उपाध्यक्ष खत्री नेकपा माओवादीको तर्फबाट निर्वाचित भएका हुन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here