18.5 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीखेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने
spot_img

खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने

spot_img

हेटौंडा/वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

हेटौंडा-३ मा आयोजित प्रथम मकवानपुर जिल्लास्तरीय कराते प्रतियोगितामा मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । युवा प्रतिभा पहिचान र सृजनात्मकता विकास, पर्यटन, रोजगारमार्फत् आर्थिक विकासमात्र नभइ राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानमा समेत खेलकुदले महत्वपूणर् भूमिका खेल्ने उल्लेख गर्दै राज्यले स्थानीय र राष्ट्रियस्तरमा खेलकुदका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए ।

- Advertisement - Ad Banner

मन्त्री महर्जनले वागमती प्रदेशलाई खेलकुदमय बनाउने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक आधारभुत संरचना विकास गर्ने, प्रशिक्षण केन्द्र र खेलकुद सामग्री उपलब्ध गराउने, प्रशिक्षण र तालिम कार्यक्रमलाई तीव्र पार्नुका साथै खेलाडीलाई प्रोत्साहन दिन विशेष अनुदान र पुरस्कारको व्यवस्था गरिने बताए ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले खेलकुद क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारिएको भन्दै आगामी दिनमा त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताए । लेवट डोजो/इन्टरनेसनल बादो फेडरेसन नेपाल र नेपाल कराते महासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाका करिब २ सय महिला तथा पुरुष खेलाडी सहभागी थिए । कार्यक्रममा विजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

डोजोका अध्यक्ष पेमा लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष ढलकबहादुर थापा, नेपाली कांग्रेसका नेता प्रभातकुमार दाहाल, आठौं साफमा स्वणर् पदक विजेता तथा नेपाल कराते महासंघ सदस्य रवि महर्जन, खेलकुदसम्बद्ध संघसंस्थाका राजु मुक्तान, प्रमुख प्रशिक्षक मोहन महर्जनलगायतले खेलकुद क्षेत्रको प्रवद्र्धनका विषयमा धारणा राखेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि