हेटौंडा/वागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति र संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबीच हेटौंडामा अन्तत्र्रिmया भएको छ ।
कार्यक्रममा दुवै सदनका विषयगत् समितिका काम र समन्वयको महत्वको विषयमा छलफल भएको छ । कार्यक्रममा संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले वर्तमान समयमा जनतामा देखिएको निराशालाई चिर्न
राजनीति नेतृत्वहरुले आशा जगाउने गरी काम गर्नुपर्ने बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको विषयगत् समितिबीच अन्तक्र्रिया तथा अनुभव आदानप्रदान गर्नाले दुवै समितिबीच सुमधुर सम्बन्ध कायम हुने बताए ।
वागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले संघीय संसद्ले आवश्यक कानुनहरु समयमै नबनाउँदा प्रदेश सरकारले बनाएका ऐन कार्यान्वयनमा समस्या भएको बताए । कार्यक्रममा संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरु कान्तिका सेजुवाल, रुक्मिणी रानाबराइली, हेमराज राई, वागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सदस्यहरु ठुला थामी, तारानारायण श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले कार्यक्रममा धारणाहरु व्यक्त गरे ।
समान उद्धेश्यसाथ दुवै समितिले समन्वय गर्नुपर्ने आवश्यकता र सम्बन्धित मुद्धाको समाधानका लागि थप प्रयास गर्नुपर्ने कुरामा उनीहरुले जोड दिएका छन् । प्रदेशका उद्योग र पर्यटन क्षेत्रमा थप अवसर सिर्जना गर्ने, वातावरण संरक्षणको क्षेत्रमा सहकार्यको महत्व र श्रम तथा उपभोक्ता हितका क्षेत्रमा साझा योजनामा काम गर्ने सन्देश व्यक्त भएको छ ।
सम्भावित आगामी योजनामा विशेष ध्यान दि“दै दुवै समितिले प्रदेश र संघीय सरकारबीच सम्पर्क सञ्जाललाई थप सशक्त बनाउनुपर्ने आवश्यकता उल्लेख गरियो । कार्यक्रममा वागमती प्रदेशसभा सचिव कृष्णहरि खड्का, संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सचिव रामकुमार पौडेल, वागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सचिव राजु श्रेष्ठलगायत कर्मचारीको उपस्थिति थियो ।