Homeमकवानपुर विशेषबागमतीयोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह

योजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह

हेटौंडा/वागमती प्रदेशको आइतबार भएको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा सम्पन्न बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निणर्य गरेको हो ।

प्रदेशमा प्रतिनिधित्व गर्दै आएका राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकले सरकारमाथि योजना कार्यान्वयनको दबाब बढाउने निणर्य गरेको हो । नेपाली कांग्रेस वागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको सभाध्यक्षतामा बसेको बैठकमा वागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न दलका मुख्य र प्रमुख सचेतकको उपस्थिति थियो ।

बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिए । बैठकले चालु वर्षका योजनाहरु कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निणर्य गरेको बताइएको छ भने १४ असोजमा सम्पन्न सर्वदलीय बैठकमा पारित निणर्य कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनःध्यानाकर्षण गराउने निणर्य गरिएको उपनेता चित्रकारले जानकारी दिए ।

बैठकमा कांग्रेस उपनेता चित्रकारसहित नेपाली कांग्रेस वागमतीका मुख्य सचेतक गोबिन्द लम्साल, नेकपा एमाले वागमतीका प्रमुख सचेतक मधुसूदन पौडेल, नेकपा माओबादी केन्द्र वागमतीका प्रमुख सचेतक रत्न ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी वागमती प्रमुख सचेतक कुमारी तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट वागमती प्रदेशसभामा निर्वाचित बसन्त मानन्धर र हाम्रो नेपाल पार्टीको वागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यको उपस्थिति थियो ।

बैठकमा उपस्थिति प्रतिनिधिले योजना कार्यान्वयनको स्थिति सुधार गर्न थप प्रयास आवश्यक रहेको भन्दै यसप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । सर्वदलीय बैठकमा आएका सुझाव र निणर्यले प्रदेशको विकास योजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको नेकपा एमाले प्रदेश सचेतक पौडेलले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here