Homeमकवानपुर विशेषबागमतीशिर मेमोरियल अस्पताल दर्ता/नवीकरण हुने

शिर मेमोरियल अस्पताल दर्ता/नवीकरण हुने

हेटौंडा/वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नवीकरण हुने आश्वासन दिएका छन् ।

अस्पतालमा अनौपचारिक छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागार्इंसहित गएका मन्त्री थापामगरले प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ समेत प्रदेशसभाबाट पारित भइसकेकाले नियमावली र मापदण्ड छिट्टै ल्याएर शिर मेमोरियल अस्पताल प्रदेशअन्तर्गत् दर्ता र नवीकरण हुनेमा ढुक्क हुन अनुरोध गरे ।

गुठी ऐनअन्तर्गत् दर्ता भएका अस्पताललाई दर्ता गर्न नहुने केही प्रदेशसभा सदस्यको तर्क रहेको भन्दै उनले आफ्नै पहलमा स्वास्थ्य सेवा ऐनमा गुठी शव्द घुसाएको भन्दै जतिसक्दो चाँडो अस्पतालको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ॅप्रदेशसभामा पनि गुठीअन्तर्गत् सामुदायिक अस्प्ताल दर्ता गर्नुपर्छ भन्ने लविङमा लाग्यांै । गुठीलाई समेट्नु हँुदैन भन्ने केही माननीयहरु हुनुभयो । तर, हामीले शिर मेमोरियल अस्पतालकै समस्यालाई लिएर ऐनमा गुठी शव्द समावेश गरेका छौं,’ मन्त्री थापामगरले भने-मैले पटकपटक घच्घच्याएका कारण स्वास्थ्य विधेयक यति छिटो संशोधन पारित भएको हो, नवीकरण नहुँदा अस्पतालहरुले समस्या खेपेका छन् । सम्भवतः मंसिरको दोस्रो साता नियमावली र मापदण्ड पास भएपछि तपाईंहरुको अस्पताल दर्ता र नवीकरण हुनेछ ।

प्रदेश उपसभामुख चापागाईंले कानुनी समस्या आउन नदिन ऐनमा नै गुठी शव्द समावेश गरेको बताइन् । ॅकानुनी मापदण्ड पूरा गरेका कारण अस्पताल दर्ता र नवीकरण गर्न यसलाई सिस्टमबाट जाउँ भने, गुठी शव्द ऐनमा राख्यौं,’ आफ्नो भूमिका ब्याख्या गर्दै उपसभामुखले भनिन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले मन्त्री थापामगर आफैं समस्या खोज्दै समाधान गर्ने स्वभावको भएको भन्दै हेटौंडा आउँदा अस्पताल दर्ता र नवीकरण भएको खबर आउने विश्वास व्यक्त गरे । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले कानुनी जटिलताका कारण अस्पतालमा सिटी स्क्यान, मेमोग्रामलगायत सामान र सेवा विस्तार गर्न नसकिएको बताए । अस्पताल प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापाले कानुनी जटिलताका कारण सेवाप्रवाहमा भइरहेका समस्याबारे जानकारी गराएका थिए ।

दर्ता, नवीकरण र स्वामित्वको विषयलाई लिएर कानुनीरुपमा आलोचित हुँदै आएको अस्पताल १९५० बाट सेवा शुरु गरे पनि २०७७ असोज ४ गते शिर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट नामक सार्वजनिक गुठीका रुपमा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको छ । २०७७ असोज ६ गते संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ताका लागि निवेदन दिएको १ सय ५० बेडको अस्पताललाई मन्त्रालयले २५ देखि २ सय बेडका अस्पताल प्रदेशअन्तर्गत् भन्दै वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्र लेखिदिएको थियो । २०७७ कार्तिक ७ नै गते प्रदेश गएको अस्पताल दर्ता र नवीकरणको लागि भन्दै अनुगमन भएपछि अझै स्वीकृत भएको छैन ।

मन्त्री थापामगर र उपसभामुख चापाागार्इंले अस्पतालका विभिन्न विभाग निरीक्षण गरेका थिए भने मन्त्री थापामगरले नाक, कान, घँँटी रोग विशेषज्ञ डा. सञ्जय मानन्धरसँग सेवासमेत लिएका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here