22.5 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीवर्षे अधिवेशन अन्त्य

वर्षे अधिवेशन अन्त्य

हेटौंडा/वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको जारी वर्षे अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् । प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था छ ।

सोही व्यवस्थाअनुरुप उनले अधिवेशन अन्त्य गरेका हुन् । वागमती प्रदेशको प्रदेशसभाको चौथो अधिवेशन बैशाख ३१ गते सुरु भएको थियो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद् बैठकमा देशमा विद्यमान बाढीपहिरो विपद्को विषयमा छलफल भए पनि निणर्य भने गरिएको छैन ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here