Homeमकवानपुर विशेषबागमतीस्कुल दिवसबारे सरोकारवालाबीच छलफल

स्कुल दिवसबारे सरोकारवालाबीच छलफल

काठमाडौं/नेपाल डेरी एसोसिएसनको केन्द्रीय कार्यालयमा एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा पाँचौं दिन सरोकारवालाबीच छलफल गरी सकिएका कार्यक्रमको समीक्षा एवम् बाँकीको तालिका बनाइ अगाडि बढ्ने र कार्यक्रमले दुग्ध क्षेत्रको विकासमा अत्यन्त हित गर्ने बताएको छ ।

केन्द्रीय महासचिव हेमचन्द्र खनालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृतहरु अजय पोखरेल र शंकर अधिकारीको उपस्थिति थियो भने एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज घिमिरे, सहकोषाध्यक्ष एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, सदस्य नवराज तिमल्सिना, रमेश सञ्जेल, वागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघ उपाध्यक्ष दीपक सञ्जेल, सदस्य माधब शिवाकोटी, काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईं, डेरी व्यवसायी गुरुप्रसाद काफ्ले र उद्योगीको सहभागिता थियो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसन उपाध्यक्ष धमलाले दूध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूणर् भएको हुनाले विहानबेलुका विशेषगरि बालबालिकाले दूध पिउनुपर्ने बताए भने नेपाल डेरी एसोसिएसन प्रदेश अध्यक्ष घिमिरेले दूध पूणर् पौष्टिक आहार भएको बताउँदै सबै विद्यार्थीलाई अनिवार्य दूध तथा दुग्धपदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने
बताए । दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नुपर्ने एसोसिएसन केन्द्रीय सदस्य रमेश सञ्जेलले बताए । यसरी विद्यालयमा गइ बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गर्दा अत्यन्त राम्रो हुने र उपभोग बढ्ने उपाध्यक्ष मनोज घिमिरेले बताए ।

एसोसिएसन यसरी लागेर कार्यक्रम गरेकोमा राष्ट्रिय दुग्ध विकास बोर्डका तर्फबाट अधिकृत शंकर अधिकारीले धन्यबाद दिए । बोर्र्ड अधिकृत अजय पोखरेलले एसोसिएसनलाई धन्यबाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउन अनुरोध गरे । राष्ट्रिय दुग्ध विकास बोर्ड सदस्य एवम् एसोसिएसन सहकोषाध्यक्ष रामभक्त दाहालले एसोसिएसनले यसरी कार्यक्रम गर्नाले उपभोग बढ्नुका साथै यसले सबैलाई हित गर्ने बताए । दूध तथा दुग्ध पदार्थ बढी उपभोग गर्ने देशहरु विकासका हरेक कुरामा अग्रपंक्तिमा हुन्छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर विश्वभर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबार सन् २००० देखि निरन्तर २४ वर्षसम्म मनाउने गरेको तथ्यांक छ ।

यस वर्ष विश्वमा २४ औं र नेपालमा १० औं विश्व स्कुल दूध दिवस ॅ नियमित दूध तथा दुग्धपदार्थ सेवन, स्वस्थ्य र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नारासहित असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार मुल समारोह गर्ने गरी नेपाल डेरी एसोसिएसनले साताव्यापीरुपमा मनाउने कार्यक्रम छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहत पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दिवस मनाउन अनुरोध गरेको एसोसिएसन केन्द्रीय अध्यक्ष दाहालले जानकारी गराए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here