हेटौंडा/जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । शनिबारदेखि हेटौंडा–४ स्थित हुप्रचौरमा भएको तालिममा ८ जिल्लाका ४१ जना सभागी थिए ।
जसमध्ये ७ जना महिला छन् । मकवानपुरसहित बारा, पश्चिम रुकुम, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, बैतडी र दोलखाका पूर्वभलिबल खेलाडी तालिममा सहभागी थिए । सहभागीहरुलाई अन्तर्राष्ट्रिय रेफ्री विजयकृष्ण बादेले भलिबलका आधारभुत तालिम प्रदान गरेका हुन् । तालिममा सहभागी रेफ्रीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले प्रमाणपत्र प्रदान गर्दै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।