हेटौंडा/मकवानपुरका किसानले विषादीको विकल्पमा गहु“त संकलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएस“गै बालीनालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइरहेका बेला यहा“का किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन् ।
व्यावसायिक तरकारी खेती हुने मकवानपुरका मनहरी, थाहा, बकैया, हेटौंडामा रासायनिक मल र विषादीको प्रयोग धेरै हुने गरेको छ । मनहरीका किसानले गाईको मलमूत्रलाई औषधीका रुपमा बालीमा प्रयोग गर्न थालेका छन् । मकवानपुर मनहरी गाउ“पालिका–१, मकरीका देवराज न्यौपानेले तरकारी खेतीका लागि आवश्यक विषादी अर्गानिकरुपमा बनाएर प्रयोग गर्न थालेका छन् । चार वटा गाई र पा“च वटा बाच्छाबाच्छी पाल्दै आएका न्यौपानेले गहु“त संकलनका लागि ट्यांकी निर्माण गरेका छन् ।
गहु“तमा पानी मिसाएर एक इञ्चको मोटरले पानी र मूत्र सबै तरकारीमा हाल्ने गरेको उनले बताए । ॅगहु“त हाल्न थालेपछि मैले विषादी प्रयोग गर्नुपरेको छैन । गहु“तका कारण कीराको प्रकोप घट्दै गएको छ,’ न्यौपानेले भने । बालीका लागि गहु“त विषादीजस्तै प्रभावकारी भएको उनको भनाइ छ । सबै किसानलाई विषादीको विकल्पमा गहु“त प्रयोग गर्न पनि सुझाव दिए । चार वटा प्लास्टिक हाउस (टनेल) मा गोलभेंडा खेती गरिरहेका उनले अन्तरबालीका रुपमा बन्दाकोभी पनि लगाएका छन् । उनले वार्षिक ५० क्वीन्टल उत्पादन गरेर स्थानीयस्तरमा साढे दुई लाखसम्म बिक्री गर्दै आएका छन् ।
तरकारीस“गै केराखेती पनि गर्दै आएका उनले केरामा विषादी प्रयोग गरेका छैनन् । ॅकेराको कोसा ठूलो बनाउन कुनै भिटामिन र रासायनिक औषधी हालेका छैनौं । हाम्रा बच्चाले र वरिपरिकाले पनि यही केरा खानुपर्छ,’ उनले भने । निजगढबाट बिउ ल्याएर नांै कठ्ठा क्षेत्रफलमा माल्पा जातको तीन सय बोट केरा लगाएका न्यौपानेले वार्षिक तीन लाख रुपिया“भन्दा बढी आम्दानी गरेका छन् । २३ वर्ष भारतमा सवारीचालकका रुपमा काम गरेका न्यौपाने कोरोनाको महामारीपछि नेपाल फर्किएर गाउ“मा केही गरौं भन्ने सोचसाथ व्यावसायिक कृषिकर्ममा लागेका हुन ।
कृषि र पशुपालन स“गै गरिरहेका न्यौपानेले दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । गाईका लागि १० कठ्ठा क्षेत्रफलमा जै घा“स र नेपिएर लगाएका छन् । वार्षिक सात लाख भन्दा बढीको दूध बिक्री गर्ने न्यौपानेले सबै खर्च कटाएर दूध बिक्रीबाट चार लाख खुद आम्दानी गर्ने गरेको बताए । घरपरिवार मिलेर कृषि र पशुपालन गरिरहेका उनले यसकै आम्दानीबाट छोराछोरीलाई उच्चशिक्षा पढाएका छन् । कृषि कामका लागि जनशक्ति अभाव हु“दा समस्या भोग्नुपरेको उनले बताए ।
भारतबाट आउने केरा, तरकारीका कारण नेपाली किसान मर्कामा परेको गुनासो पोख्दै उनले उचित बजारमूल्य नपाएको बताए । उनले सरकारलाई समेत नेपाली किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीले उचित मूल्य पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरे ।