19 C
Makwānpur
Homeमकवानपुर विशेषनागरिकले महसुस गर्ने गरी सेवा दिइने

नागरिकले महसुस गर्ने गरी सेवा दिइने

हेटौंडा/मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकी स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महसुस गर्ने गरी सेवा उपलब्ध गराउने बताएकी छन् । फागुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले आइतबार जिल्लाका सञ्चारकर्मीहरुस“ग परिचयात्मक कार्यक्रम गर्दै सञ्चारकर्मीहरुलाई सही सूचना सम्प्रेषण गरी जिल्ला प्रशासनको कामकारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् ।

प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही सूचनाका माध्यमबाट जनतासमक्ष पुर्‍याउन श्रेष्ठले आग्रह गरेकी छन् । उनले प्रहरी र प्रशासनले मात्र सभ्य समाज निर्माण गर्न नसक्ने बताइन् । समाजलाई सुरक्षित र परिवर्तन गराउन सबै पक्षबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्नु जरुरी रहको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सेवाप्रवाह गर्ने निकायलाई प्रभावकारी बनाउन र शान्तिसुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गरिन् । सुशासन कायम गर्न समाजमा हुने सम्पूर्ण आपराधिक क्रियाकलापमा प्रशासनले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सञ्चारकर्मीहरुको कलम नलेखिनुपर्ने ठाउ“मा लेखिने र लेखिनुपर्ने ठाउ“मा नलेखिने प्रवृत्ति देखापरेको बताइन् । उनले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् । ॅहाम्रो ध्यान पुर्‍याउन र हामीलाई जिम्मेवार बनाउन यहा“हरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत्‌प्रतिशत सही सूचनामात्र सम्प्रेषण गर्नुहोस्,’ उनले भनिन् ।

कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध दुर्व्यसन न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियम उलंघन, खानीदोहन, यौनजन्य धन्दाको विकृतिलगायत विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्रप्रसाद क“डेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here