18.5 C
Makwānpur
Homeमकवानपुर विशेषमकवानपुरका प्रअमाथि गोलीप्रहार
spot_img

मकवानपुरका प्रअमाथि गोलीप्रहार

spot_img

हेटौंडा/मकवानपुरका एक प्रधानाध्यापकमाथि गोलीप्रहार भएको छ । बकैया गाउँपालिका-३, हात्तीसँुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक वागमती गाउँपालिका-१ का प्रेमबहादुर बोम्जनमाथि गोलीप्रहार भएको हो ।

मकवानपुरको वागमतीबाट प्रदेश २-००३-००६ प ८४५४ नम्बर मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी-६ मा गोलीप्रहार भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले बताएका छन् । तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहँदा उनीमाथि गोली चलाएको डीएसपी खड्काले बताए ।

- Advertisement - Ad Banner

मोटरसाइकलमा उनीसँगै उनका भाइलाई भने केही नभएको र प्रेमलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको जनाइएको छ । सिन्धुली प्रहरीले गोलीप्रहार गर्नेको खोजीका लागि टोली परिचालन भइसकेको जनाइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि