12.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौंडा–४ निकृष्ट बालश्रममुक्त घोषणा
spot_img

हेटौंडा–४ निकृष्ट बालश्रममुक्त घोषणा

spot_img

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा–४ निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै उपमहानगरको छैटौं बालमैत्री वडा घोषणा गरिएको हो । वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४९ सूचकमा शत्प्रतिशत् नतिजा हासिल गरेको ४ नम्बर वडा कार्यबाहक अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सहसंयोजक गीता त्रिपाठीले जानकारी दिइन् ।

- Advertisement - Ad Banner

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगर प्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भइरहेको बताइन् । पछाडि परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागिपरेको उनले बताइन् । वडामा १८ वर्षमुनिका ४ हजार २ सय ७० जना बालबालिका छन् । त्यसअघि हुप्रचौरबाट सुरु भएको बाजागाजा र झँ“कीसहित प्रभातफेरी वडा परिक्रमा गरी कार्यक्रमस्थल पुगेको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि