11.4 C
Makwānpur
Homeमकवानपुर विशेषथाहासुनौलाकी आकृति प्रथम
spot_img

सुनौलाकी आकृति प्रथम

spot_img

हेटौंडा– ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित ६९ औं राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको बालबालिका शाखाले वक्तृत्वकला प्रतियोगिता गरेको छ । थाहा नगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा शिक्षा शाखाको सहकार्यमा माध्यामिक तहस्तरीय वक्तृत्वकला भएको हो ।

प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृति गोपाली प्रथम भएकी छन् । आकृतिले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । इअन स्कुलका बेबी गोपाली दोस्रो हँुदा बज्रबाराही माविकी रितादेवी स्यांतान र सरस्वती विद्या मन्दिरका अभिषेक सिलवाल तेस्रो हुन सफल भए । दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरे । विजेता तथा सहभागी सम्पूर्णलाई थाहा नगरपालिका प्रमुख विष्णु बिष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

- Advertisement - Ad Banner

नगरपालिकाका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगिता महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग समिति संयोजक अनिता बलको सभाध्यक्षता तथा नगर प्रमुख बिष्टको प्रमुख आतिथ्यता थियो । यसअघि कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख बिष्टले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुने भन्दै नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताए । बालअधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भएबमोजिम उनीहरुले पाउने अधिकारप्राप्तिका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।

नगर शिक्षा शाखाका अधिकृत सूर्य थिङले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधबविक्रम मल्लले स्वागत गरेका थिए । कार्यक्रममा नगर बाल सञ्जाल अध्यक्ष खुशी गोपाली, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, नगर शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, अर्जुन सुनार, कार्यपालिका सदस्य सबिता सुनार, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, कार्यपालिका सदस्य जनक बिक, प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानलगायत शिक्षक÷विद्यार्थीको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि