Homeमकवानपुर विशेषसर्यो अनेम संघ थाहाको अधिवेशन

सर्यो अनेम संघ थाहाको अधिवेशन

हेटौंडा– नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ थाहा नगर अधिवेशनको मिति सरेको छ । भदौ २७ गते बसेको अनेम संघ थाहा नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको तयारी पूरा नभएको भन्दै सार्ने निर्णय गरेको सचिव जानकी श्रेष्ठले जानकारी दिइन् ।

बैठकले कात्तिक २४ गतेलाई अधिवेशन गर्ने र सोको तयारी भेला कात्तिक ३ गते गर्ने, भेलाअगावै सबै वडा कमिटीहरुको बैठक गर्नेलगायतको निर्णय गरेको छ । बैठक अधिवेशन आयोजक कमिटी संयोजक यशोधा अधिकारीको सभाध्यक्षता एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर इञ्चार्ज बिमलकुमार ढकालको प्रमुख आतिथ्यता भएको थियो । बैठकमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आवश्यक तयारी गरी अधिवेशन भव्यरुपले सम्पन्न गर्न पार्टीले आवश्यक सहयोग गर्ने बताए ।

बैठकमा जिल्ला सदस्य सुनीता दोङ, अनेम संघ जिल्ला सदस्य तथा नगर इञ्चार्ज शान्ता रिमाललगायतको आतिथ्यता थियो । बैठकले मातहत सबै कमिटी सदस्यहरुलाई पार्टी संगठित सदस्यताका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here