24 C
Makwānpur
Homeमुख्य समाचारप्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै विरोध
spot_img

प्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै विरोध

spot_img

हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसहित पत्रकार संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासंघ प्रदेश समिति अध्यक्ष कृष्ण सारुमगर नेतृत्वमा गएको टोलीले बुधबार मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्‌लेलाई ध्यानाकर्षणपत्र बुझाएको हो । सञ्चारमैत्री बजेट निर्माणका लागि पटकपटक ध्यानाकर्षण तथा पहल गरिएकोमा श्रमजीवी पत्रकार र सञ्चारक्षेत्रलाई निषेध गरेर बजेट ल्याएको भन्दै सञ्चार संगठनहरुले आपत्ति जनाएका छन् । सञ्चारक्षत्रेलाई निषेध गरी बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधि सञ्चारमाध्यममा प्रकाशन/प्रसारण नगने‘ सम्मको संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

- Advertisement - Ad Banner

‘सञ्चारमाध्यमहरुले पाउँदै आएका लोककल्याणकारी विज्ञापन बृद्धिको माग गरिएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को भन्दा ८५ प्रतिशत् कटौती, पत्रकार संघसंगठनका प्रदेश समितिमार्फत् पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजीवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रमहरु कटौती गरिएकोमा गम्भीर आपत्ति छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन पहल, सञ्चारक्षेत्रको विकासका लागि कानुनी तथा कार्यक्रमगत् प्रवन्ध तथा विज्ञापन अनुगमन तथा नियमनका लागि कानुनी प्रवन्ध मिलाउने नीति कार्यक्रम बजेटमा समावेश नभएको सञ्चार संगठनहरुको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ॅसञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही लाख रुपिया“ तजबिजमा बा“ड्न राखिएको रकमबाहेक सञ्चारक्षेत्रलाई बजेट शून्य बनाइनु दुःखद् कुरा हो,’ ध्यानाकर्षणपत्रमा भनिएको छ–लोकतन्त्रको अभिन्न अंग सञ्चारक्षेत्रलाई कमजोर बनाउने गरी ल्याइएको बजेट संसोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न हामी प्रदेश सरकारसम्बद्ध सरोकार पक्ष र विपक्षी दलहरुस“ग माग गर्दछौं ।

ध्यानाकर्षणपत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अध्यक्ष सारुमगर, नेपाल प्रेस युनियन बागमती प्रदेश समिति उपाध्यक्ष सुजन बिडारी, प्रेस चौतारी नेपाल बागमती प्रदेश समिति महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समिति अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समित अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश समिति कोषाध्यक्ष दानबहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघ उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समूह बागमती प्रदेश समिति महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघ बागमती प्रदेश समिति सचिव कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि