24.6 C
Makwānpur
Homeमुख्य समाचार‘खुल्यो कान्तिराजपथ’ बर्खाअगावै सडक मर्मत सकाउने लक्ष्य

‘खुल्यो कान्तिराजपथ’ बर्खाअगावै सडक मर्मत सकाउने लक्ष्य

सुनिता बिष्ट
हेटौंडा/असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएको बागमती खोलामा बेलिब्रिज निर्माण गरिएको छ । हेटांैडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्तिराजपथस्थित बागमती खोलामा बेलिब्रिज जडान गरिएको हो ।

यसअघि डाइभर्सन बनाएर सवारी आवतजावत गराइँदै आएकोमा सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि बेलिब्रिज निर्माण गरिएको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८, बगुवास्थित मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथि बेलिब्रिज निर्माण गरेर सवारी आवागमन सहज बनाइएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ आइतबार विहानबाट सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ । बर्खा सुरु हुनै लाग्दा सडक समस्या समाधान गर्न कान्तिलोकपथ सडक आयोजनाले २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्णरुपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाएको थियो । बेलिब्रिजको भारबहन क्षमता ३० टनमात्र छ । त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारीसाधनलाई निगरानी गर्न अनुरोध गरेको छ ।

हेटौंडा–काठमाडौं छोटो दुरीको अर्को हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक पनि आउँदो बर्खालाई मध्यनजर गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको छ । असोजमा परेको वर्षाका कारण कुलेखानी ड्यामको पानी खोल्दा क्षति भएको सिमखोलाको पुल बगाएपछि हाल खोलाबाट डाइभर्सन बनाएर सवारी सञ्चालन गरिँदै आइएको छ । बर्खा लागेसँगै उक्त डाइभर्सन खोलाले बगाउने त्रास बढेपछि बागमती प्रदेश सरकारले इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा पनि बेलिब्रिज जडान गर्ने कार्य थालनी गरेको हो ।

यातायात पूर्वाधार निर्देशनालयमार्फत् ठेक्का लगाएर काम भइरहेको छ । उक्त स्थानमा बेलिब्रिज निर्माणका लागि १ करोड ७९ लाख लागत अनुमानसहित ठेक्का निकालिएको थियो । सिमखोलामा भीमफेदी गाउँपालिका–६ स्थित मान्डुखोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने गरी काम भइरहेको छ । हाल गौरव इञ्जिनियरियर्स प्रालिले उक्त कामको ठेक्का १ करोड ८८ लाख रुपियाँमा लिएको निर्देशनालयका प्रमुख इञ्जिनियर नवीन सिंहले जानकारी दिए । उनका अनुसार सिमखोलामा स्थायी सवारी आवगमन सहज बनाउन ६० मिटर लामो बेलिब्रिज जडान गरिने तयारी गरिएको छ ।

सिमखोलमा बेलिब्रिज जडानका लागि हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्डको घट्टेखोलाबाट १३ मिटर र माण्डुखोलाबाट ५० मिटर लामो बेलिब्रिज झिक्ने काम भइरहेको पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार १५ असारसम्म सिमखोलामा बेलिब्रिज राखेर सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सोहीअनुरुप काम भइरहेको बताइएको छ ।

कुलेखानी–सिस्नेरी–छैमले सडकको पुनर्निर्माण दु्रतगतिमा भइरहेको छ । आगामी असारसम्म क्षतिग्रस्त सडकमा ग्राभेल गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । कुलेखानी–सिस्नेरी–दक्षिणकाली काठमाडौं सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्‌वान गरिएको छ । कुलेखानी–सिस्नेरी खण्डको १ हजार २ सय मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौंडाले ठेक्का आह्‌वान गरेको हो । इन्द्रसरोवर–३, एकान्तकुना लामाबगरमा ७ सय मिटर र इन्द्रसरोवर–२, डोडारेमा ५ सय मिटर सडक पुनर्निर्माण गर्न आयोजनाले ७ करोड ५५ लाख लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको थियो ।

हेवी ज्यामिरे खण्डअन्तर्गत् ७ सय मिटर र सिस्नेरी बजारखण्डमा ५ सय मिटर सडक निर्माणका लागि ठेक्का प्रक्रियामार्फत् सडक मर्मतका लागि ४ करोड ४५ लाख ७५ हजार र ९७ करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको छ । हेवी ज्यामिरे खण्डको निर्माण कार्यका लागि सिन्धुली दाहाल जेभी सिन्धुलीले ठेक्का सम्झौता गरी २०८० चैत ६ गतेबाट काम थालिसकेको छ । हाल उक्त खण्डको काम सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति ७७ प्रतिशत् भएको छ ।

सिस्नेरी बजार खण्डको ५ सय मिटर सडकका लागि ओएसिस पशुपतास्त्र जेभीसँग ठेक्का सम्झौता भइ काम भइरहेको छ । ५ सय मिटर सडक निर्माणका लागि स्थानीय ओयसिस पशुपतास्त्र जेभीले ९७ लाख ५३ लाख बोलकबोल गरी ठेक्का लिएको छ । उक्त खण्डको काम सम्पन्न गरी बगाएको ट्रयाकलाई पुरानै अवस्थामा फर्काइएको छ । उक्त ट्रयाकमा ग्राभेल गरी सवारी सञ्चालनमा ल्याइएको छ । उक्त सडकको निर्माणको काम गरेबापत् निर्माण कम्पनीलाई ८० प्रतिशत् रकम भुक्तानी दिइएको छ । दुवै खण्डको सडक निर्माणका लागि खोलाकिनार र बगाएको भागमा ट्रयाक निर्माण गर्न जाली लगाउने, प्लम्पवाल लगाउने र ग्राभेल गर्ने काम भएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here