21.9 C
Makwānpur
Homeमुख्य समाचारसर्वस्वहरणको चिन्ता छाडेर सेल्टर दिने महिला
spot_img

सर्वस्वहरणको चिन्ता छाडेर सेल्टर दिने महिला

spot_img

सुनिता बिष्ट

हेटौंडा/प्रशासन र प्रहरीले निगरानीमा राखेका र खोजी गरिरहेका नेता तथा कार्यकर्तालाई त्यस बेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हु“दैनथे । राजनीतिक चेतको विकास पनि भएको थिएन । तर, उनीहरुले जिल्लामा पञ्चायतविरुद्धको भूमिगत् आन्दोलनमा लागेका कयौं आन्दोलनकर्मीलाई सेल्टर दिएका थिए । सामाजिक रुपान्तरणका सवालमा मरिमेट्ने उनीहरुलाई वामपन्थी नेताले ॅआदर्श पात्र’ का रुपमा सम्मान दर्शाउने गरेका छन् । विशेषगरि शासक र शासनविरुद्धमा असहमति जनाउ“दै भूमिगत् बनेका जिल्लाका वामपन्थी नेतालाई उनीहरुले मकैको खोस्टामा समेत लुकाएर सहयोग गरेका थिए ।

- Advertisement - Ad Banner

तत्कालीन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्त कोही नपुग्ने भएकाले पनि भूमिगत् नेताहरुले उनीहरुका घरलाई सेल्टर बनाएका थिए । व्यवस्थाविरुद्ध लडेका नेताहरुलाई उनीहरुले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे । सुरक्षित आश्रयका कारण भूमिगत् नेताले उनीहरुको घरमा दस्ताबेज, काल मार्क्सलगायत कम्युनिष्ट नेतासम्बन्धि पुस्तकहरु लुकाएर राख्ने गरेका थिए । प्रहरी आउने थाहा भए त्यसअघि नै पुस्तक जलाइदिनु भनेर हि“ड्थे । त्यस्ता पुस्तक प्रहरीले भेटेको भए उनीहरुको सर्वस्वहरण हुनसक्थ्यो, जेलमा हालिन्थ्यो वा गोली नै हानिन्थ्यो ।

समाजको क्रान्तिकारी रुपान्तरणका लागि महिला मुक्ति आन्दोलनमा उठेका सबै खाले अभियानमा आफूलाई समाहित गर्दै निरंकुशताविरोधी क्रान्तिकारी योद्धालाई आश्रयस्थल उपलब्ध गराएर महिला आन्दोलनमार्फत् देश र जनताको पक्षमा पुर्‍याएको योगदानको मूल्यांकन गरी उनीहरुलाई एमालेनिकट अखिल नेपाल महिला संघले स्थापना दिवसको अवसर पारेर अभिनन्दन गरेको छ । पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत् नेताहरुलाई हौसलास्वरुप संरक्षण दिएका उनीहरु बुढेसकालमा पनि सक्रिय छन् । तर, मुलुकमा बेलाबेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रवृत्तिमा कुनै परिवर्तन नआएको उनीहरुको दुःखेसो थियो ।

अखिल नेपाल महिला संघ (अनेम संघ) मकवानपुरले सेल्टरदातालाई उनीहरुलाई सम्मान गरेको छ । शनिबार १ सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा अनेम संघ स्थापना दिवसको अवसरमा अनेम संघले भूमिगत्‌कालमा नेपाली महिला आन्दोलनका समयमा विभिन्न योगदान पुर्‍याएका १९ जना सेल्टरदातालाई सम्मान गरेको हो ।

अनेम संघ मकवानपुरले संघ अध्यक्ष सुमित्रा काफ्‌लेको सभाध्यक्षतामा नेकपा एमाले पार्टी कार्यालय हेटौंडामा विशेष कार्यक्रमका आयोजना गरेको हो । संघले हेटौंडा–९ निवासी दुर्गा पौडेल, हेटौंडा–९ निवासी सरस्वती धिमाल, हेटौंडा–४ निवासी सुभद्रा रेग्मी, हेटौंडा–४ निवासी लक्ष्मी पुलामी, हेटौंडा–८ निवासी लक्ष्मी कार्की, हेटौंडा–२ निवासी सामुमाया श्रेष्ठ, हेटौंडा–७ निवासी उमा थामी, हेटौंडा–७ निवासी पुण्यवति रिमाल, हेटौंडा–१५ निवासी मालती थिङलाई सम्मान गरेको छ ।

मकवानपुरको बकैया गाउ“पालिका निवासी गोमा राई, बकैया निवासी लक्ष्मी घिमिरे, मकवानपुरको भीमफेदी गाउ“पालिका निवासी केशरी तुलाधार, थाहा नगरपालिकाकी रामपियारी नापित, थाहाकी गौरी प्रधान, हेटौंडा–१८ कि सत्यदेवी सुर्खेती, हेटौंडा–५ की अनुराधा बिष्ट र हेटौंडा–१७ कि मीना रुपाखेतीलाई संघले सम्मान गरेको छ ।

कार्यक्रममा अनेम संघ मकवानपुर अध्यक्ष काफ्‌लेले अनेम संघ महिला सशक्तीकरण अभिवृद्धि गर्न, लंैगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल पार्न सधैं अग्रसर रहने बताइन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले तत्कालीन समयमा महिला हकअधिकारका निम्ति भएका आन्दोलनले पाउनुपर्ने न्याय अझै नपाएको बताए । समाजले महिला सहभागितालाई केही हदसम्म समेटेको भए पनि आन्दोलनले ल्याउनुपर्ने सामाजिक, आर्थिक परिवर्तन समाजमा सन्तोषजनक नदेखिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एकालाल श्रेष्ठले भूमिगत् अवस्थामा अनेम संघ मकवानपुरले संगठन विस्तारमा खेलेका भूमिका अतुलनीय रहेको बताए । ॅतत्कालीन समयमा महिलाहरुले आफ्‌ना हकहितका लागि आवाज उठाउ“दै विभिन्न कार्यक्रम गर्दा तत्कालीन पञ्चायती शासकहरुले कार्यक्रमको विरोध गरेको कुरामा हामी अवगत छौं ।

कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य मेनुका दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य रघुनाथ खुलाल, नेकपा एमाले बागमती प्रदेश सदस्य रामचन्द्र राई, नेकपा एमाले बागमती प्रदेश सदस्य बद्री लम्साल, अनेम संघ बामती प्रदेश सदस्य सीता बिष्ट, एमाले मकवानपुर उपसचिव आरती पाठक, नेकपा एमाले जिल्ला सदस्य रमिला सापकोटालगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि