20 C
Makwānpur
Homeमुख्य समाचारडेढ महिनामा चोरिए सय बढी मिटर

डेढ महिनामा चोरिए सय बढी मिटर

हेटौंडा/हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीका घटना बढेको छ । करिब डेढ महिनामा सय बढी खानेपानीका मिटर चोरी भएका छन् ।

घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरहरुले खानेपानीको पाइपबाट खोलेर लैजाने गरेका छन् । पुसदेखि नै खानेपानीका मिटर चोरी हुन थालेका हुन् । ॅपुसमा नगरका विभिन्न वडाका घरबाट खानेपानीका मिटर चोरी भएका थिए,’ हेटांैडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले भने–माघमा झन् चोरीका घटना बढेका छन् ।

पुस र माघ २३ बुधबारसम्म सय भन्दा बढी खानेपानीका ग्राहकको मिटर चोरी भइसकेको हेटांैडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । घरमा मिटर चोरी भएपछि अर्को मिटर जडानका लागि उपभोक्ताहरु खानेपानी व्यवस्थापन बोर्डमा आउने गरेका छन् । हाल दैनिक १ देखि ३ वटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्य गरी हेटौंडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडाका घरहरुबाट हुने गरेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जिल्ला प्रहरी कार्यालयलाई मिटर चोरीका घटनाबारे जानकारी गराइसकेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताले ब्रासबडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पित्तल हुनेगर्छ । उक्त पितल बिक्रीका लागि खानेपानीका मिटर चोरिएको हुनसक्ने भन्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले भने–त्यही पित्तल झिकेर बिक्री गर्नका लागि मिटर चोरी भएको हो । एउटा मिटरभित्र भएको पित्तल करिब ८ सय रुपियाँमा बिक्री हुने गर्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालका अनु्‌सार मिटर चोरीका घटना पत्ता लगाउन सादा पोशाकमा राति प्रहरी परिचालन गरिएको छ । मिटर चोरीका घटना राति हुने गरेका छन् । खानेपानीका मिटर चोरी गर्ने गिरोह हेटांैडामा रहेको प्रहरीको अनुमान छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here