हेटौडा/हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई धार्मिक तीर्थस्थलको अवलोकन गराएको छ । संस्थाको चालु आव २०८१/०८२ को वार्षिक कार्यक्रमअनुसार शेयर सदस्यहरुलाई धार्मिक तीर्थस्थल अवलोकन गराइएको संस्था अध्यक्ष हिमाल पौडेलले बताए ।
संस्थाले प्रत्येक वर्ष ज्येष्ठ शेयर सदस्यहरुलाई धार्मिक तीर्थस्थलको अवलोकन गराउँदै आएको छ । संस्थाले धार्मिक तीर्थस्थल देवघाट र मनहरीमा रहेको ॐ शान्तिद्वारा सञ्चालित आमाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको भ्रमण संयोजक यतिराज दंगालले बताए । भ्रमण दलमा सञ्चालक समिति, सल्लाहकार, कर्मचारी र ज्येष्ठ शेयर सदस्य गरी ४२ जनाको सहभागिता छ ।