31.9 C
Makwānpur
Homeमुख्य समाचारदोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुँदै

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुँदै

हेटौंडा/हेटौंडामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । मंगलबार निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएका हो ।

निर्माण ब्यवसायी संघको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उदेश्यले १० बर्षपछि संघले दोश्रो पटक महोत्सव आयोजना गर्न लागेको संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी गराए । अध्यक्ष कंडेलका अनुसार संघले महोत्सव आयोजना गरेको रकमबाट जिल्लाका सामुहिक कार्यक्रममा होस्टेमा हैसे गर्न र निर्माण ब्यवसायी संघलाई दरिलो संस्था बनाउन मेला आयोजना गरी केही रकम संकलन गर्न खोजिएको उनले बताए । यो महोत्सवबाट निर्माण क्षेत्रमा प्रयोग हुने नविनतम उपकरणहरुको प्रदर्शनी र बिक्री बितरण नै मुख्य उदेश्य हो ।

तर, निर्माण उपकरणको मात्र मेला आयोजना गर्दा अन्य सर्वसाधारणले निर्माण उपकरण तथा निर्माण सामाग्रीहरुको अवलोकन गर्न नआउने भएकोले हामीले मनोरञ्जन तथा अन्य बिबिध प्रकारका वस्तु तथा सेवाहरु मेलामा थप गरेकोले नै महोत्सव नाम हुन गएको हो । अन्यथा यो हाम्रो निर्माण क्षेत्रको बिशुद्व प्रदर्शनी मात्र हो । आमसर्वसाधारणले आफु बस्ने घर बनाउदा पनि नविनतम प्रबिधिको घर बनाउन सकुन र मुल्यमा पनि सस्तो परोस भन्ने मनसायले मेलामा सामानहरुको प्रदर्शनी हुनेछ । त्यसैले पनि यो मेला महत्वपुर्ण छ अध्यक्ष कंडेलले भने ।

मेलाबाट निर्माण सामाग्री उद्योगी, बिक्रेता र उपयोगकर्ता बिच समन्वयन गराउने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरु बिच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने उद्देश्यले लिएको संघ बरिष्ठ उपाध्यक्ष सागर कटुवालले बताए ।

महोत्सवमा नविनतम निर्माण उपकरण, निर्माण कार्यमा प्रयोग गरिने सामग्रीहरु, निर्माणका अन्य सामाग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्री, महिलाद्वारा उत्पादित बिभिन्न सामागलगायत स्थानीय उत्पादन गरि ३ सय ५० वटा स्टलहरु रहने संघ महासचिव राजेन्द्र चौलागाईले जानकारी गराए । मेलामा मकवानपुर जिल्लाका उद्योगी/ब्यापारीहरुले आफ्‌ना सामानहरु स्टलमा राखेर बिक्री बितरण गर्न चाहेमा उनीहरुलाई स्टल भाडामा ५० प्रतिशतसम्म छुट दिन सकिने अध्यक्ष कंडेलले जानकारी गराए ।

यसैगरी, महोत्सवमा गायन क्षेत्रको बिकास गर्न र मकवानपुरबाटै गायन क्षेत्रको बिकामा एक खुड्किने उक्लन हेटौंडा आइडल प्रतिगोगिता आयोजना गरिने भएको छ । यसका साथै मकवानपुर जिल्लाका प्रतिभालाई महोत्वसमा प्रश्तुती गर्ने अवसर प्रदान गरिने र दर्शकलाई मनोरञ्जनात्मक कार्यक्रम गरिने अध्यक्ष कंडेलले बताए । महोत्सवमा मकवानपुर जिल्लाका उद्योगी/ब्यापारीले लिएको स्टलभन्दा बाहेकको स्टलहरु जिल्ला बाहिरका ब्यापारीले लिने ब्यवस्था मिलाएको बरिष्ठ उपाध्यक्ष कटुवालले जानकारी गराए ।

संघले २०७१ सालमा आयोजना गरिएको मेला दशबर्षपछि यो बर्ष आयोजना गर्न लागेको महोत्सव तथा प्रदर्शनीले निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधि चलायनमान बनाउने आशा संघले लिएको छ । मेला सफलतापूर्वक सम्पन्न गराउन संघ अध्यक्ष कंडेलको संयोजकत्वमा २५१ जनाको मुल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन भईसकेको संघ कार्यालय प्रमुख सुन्दर घिमिरेले जानकारी गराए ।

मेलामा बिभिन्न बिषयबस्तु समावेश हुनाले बिषयगत २२ वटा उपसमितिमार्फत् मेलाको तयारी तिब्र पारिएको संघ नीतिगत सचिव सुरज बर्तौलाले जानकारी गराए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here