हेटौंडा/विद्यार्थीलाई खेलकुदको महत्वबारे बुझाउन, रुचि/क्षमता अभिवृद्धि र एकर्काबीच भ्रातृत्व कायम गराउने लक्ष्यसहित हेटौंडा–२ स्थित ज्ञानोदोय बालबाटिका एकेडेमी बोर्डिङ स्कुलले वार्षिक साताव्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ ।
एथ्लेटिक्सतर्फ १ सय मिटर र २ सय मिटर दौडको प्रतिस्पर्धा भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेश कलवारले जानकारी दिए । बुधबार, बिहीबार र शुक्रबार इन्डोरका खेलहरु सञ्चालन हुनेछन् । कक्षा–५ देखि ९ सम्मका छात्रछात्राको १ सय मिटर दौड र कक्षा–६ देखि ९ सम्मका छात्रछात्राको २ सय मिटर दौड सम्पन्न भएको छ ।
१ सय मिटर दौडमा छात्रतर्फ कक्षा–५ का सुरज शाह प्रथम, आरज्ञ चौलागाईं द्वितीय र विशेष स्यांतान तृतीय भएका छन् । कक्षा–६ बाट आयुष बिश्वकर्मा, मोहित अधिकारी र ओस्कार सेञ्चुरी क्रमशः प्रथम, द्वितीय र तृतीय भए । कक्षा–७ बाट आसिफ सिद्धिकी प्रथम, सरोज रुम्बा द्वितीय र समीर राजथला तृतीय भए । कक्षा–८ बाट पंकज चौधरी, आर्यन लामा र नयन मानन्धर क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने कक्षा–९ बाट मधु आलेमगर प्रथम, रिजन मानन्धर द्वितीय र गणेश बिरु तृतीय भए ।
छात्रातर्फ १ सय मिटर दौडमा कक्षा–५ की रस्मिका दाहाल प्रथम, परि शिवाकोटी द्वितीय र आश्रिता बर्तौला तृतीय भए । कक्षा–६ की एलना राजथला प्रथम, आयुश्री कंसाकार द्वितीय र साइना खातुन तृतीय भए । कक्षा–७ की रुथ लामा प्रथम, टीना लामा द्वितीय र सुप्रिया श्रेष्ठ तृतीय भए । कक्षा–८ की कृषा बानियाँ प्रथम, सँस्कृति गिरी द्वितीय र प्रविशा अधिकारी तृतीय भए । कक्षा–९ की निस्मा गौतम प्रथम, परिधि वैद्य द्वितीय र निशिका जोशी तृतीय भए ।
२ सय मिटर दौड छात्रतर्फ कक्षा–६ का आयुष बिक, मोहित अधिकारी र रोयन लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भए । कक्षा–७ का असिफ सिद्धिकी, आदित्य न्यौपाने र रसिक मोहम्मद क्रमशः प्रथम, द्वितीय र तृतीय भए । कक्षा–८ बाट पंकज चौधरी, सुवास घलान र आर्यन लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भए । कक्षा–९ का मधु आलेमगर प्रथम, गणेश गिरी द्वितीय र रिजन मानन्धर तृतीय भए । छात्रातर्फ कक्षा–८ बाट कृषा बानियाँ प्रथम, प्रविशा अधिकारी द्वितीय र सँस्कृति गिरी तृतीय भएका छन् । कक्षा–९ बाट निश्मा गौतम प्रथम, निशिका जोशी द्वितीय र परिधि वैद्य तृतीय भए । प्रतियोगितामा करिब २ सय विद्यार्थीको सहभागिता रहेको संयोजक कलवारले बताए ।
हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सुरु भएको हो । विद्यालयका क्याप्टेन स्वर्णीम रञ्जितकारको सभाध्यक्षता तथा प्रिन्सिपल विन्दु गोर्खालीको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगितामा कक्षा–६ देखि ९ सम्मका विद्यार्थीको सहभागिता छ । वार्षिक खेलकुद प्रतियोगिताअन्तर्गत् क्रिकेट, फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, स्क्रयाबल, हाजिरीजवाफ, बिस्तारै दौडलगायत प्रतियोगिता सञ्चालन हुनेछन् । बोर्डिङले वार्षिकरुपमा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ ।