31.9 C
Makwānpur
Homeमुख्य समाचारवडास्तरीय भेट्रान्स उपाधि हेटौंडा–५ लाई

वडास्तरीय भेट्रान्स उपाधि हेटौंडा–५ लाई

हेटौंडा/हेटौंडामा वडास्तरीय ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको छ । हेटौंडा–९ स्थित लामसुरे खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडा कार्यालयको सहयोगमा भएको प्रतियोगिताको उपाधि हेटौंडा–५ ले जितेको हो ।

हेटौंडा–१७ लाई हेटौंडा–५ ले ३–० गोलअन्तरले पराजित गरेको छ । हेटौंडा–५ को जितमा सुबिन घिमिरेले १ गोल गरेका थिए । उत्तरकुमार दुलालले २ गोल प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको म्यान अफ दी म्याच २ गोलकर्ता दुलाल घोषित भए । उनले ट्रफी प्राप्त गरे ।

प्रतियोगिता उपाधिसँगै हेटौंडा–५ टिमले १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिमले ६५ हजार ५ सय ५५ रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । लामसुरे खेलकुद विकास समिति संयोजक विष्णु रानामगरको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।

गत वर्ष दोस्रो सँस्करणको उपाधि हेटौंडा–४ ले जितेको थियो भने हेटौंडा–९ उपविजेता बनेको थियो । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–५ का खेलाडी सुबिन घिमिरेले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक राजेश तामाङ, उत्कृष्ट प्रशिक्षक सुदीश अर्याल र सर्वाधिक गोलकर्ता श्याम पौडेल घोषित हुँदै ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा तेस्रो स्थानमा रहेको हेटौंडा–९ र हेटौंडा–७ ले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सेमिफाइनल चरणको खेलमा हेटौंडा–९ लाई हराउँदै हेटौंडा–५ ले फाइनलयात्रा पूरा गरेको थियो भने हेटौंडा–७ लाई हराउँदै हेटौंडा–१७ ले फाइनलयात्रा पूरा गरेको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here