19 C
Makwānpur
Homeमुख्य समाचारचाडपर्वहरु खुशी जीवनका आधार

चाडपर्वहरु खुशी जीवनका आधार

हेटौंडा/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार परेको माघे संक्रान्ति (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

विशिष्ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुशी जीवनका आधार रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ । ॅयी पर्वहरुले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा विशिष्ट पहिचानहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्दछ,’ उनले शन्देशमा भनेका छन् । आफ्‌नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यस पर्वले प्रेरणा प्राप्त हुने उनको विश्वास छ ।

माघे संक्रान्ति र माघी पर्वलाई खासगरि थारु र मगर समुदायले मनाए पनि यस पर्व सम्पूर्ण नेपालीले आआफ्‌नै तरिकाले मनाउने प्रचलन छ । मौलिक स“स्कृतिका धनी थारु समुदायले यसलाई अति उल्लाससाथ नया“ वर्षका रुपमा नाँचगान, आफन्त भेटघाट गरी मनाउने गर्दछन् । यस पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरी घ्यु, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । अब उत्तरायण आरम्भ हुने गर्दछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here