31.9 C
Makwānpur
Homeमुख्य समाचारउवासंघ अध्यक्षमा रानाभाट विजयी

उवासंघ अध्यक्षमा रानाभाट विजयी

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट मउवा संघको अध्यक्षमा विजयी भएका हुन् ।

रानाभाटले १ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रवालले ७ सय ६५ मत प्राप्त गरेका थिए । मउवा संघको अध्यक्षसहित नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । मउवा संघ महासचिवमा प्रतिमा श्रेष्ठ विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी बिकेशलाल श्रेष्ठलाई पराजित गर्दै महासचिवमा श्रेष्ठ विजयी भएकी हुन् । प्रतिमाले १ हजार १२ मत प्राप्त गर्दा बिकेशलालले ७ सय १३ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा ९ सय १७ मतसहित तेजराज अधिकारी विजयी भएका छन् । अर्का प्रतिस्पर्धी कृष्ण कर्माचार्य (भाइ) लाई पराजित गर्दै अधिकारी कोषाध्यक्ष विजयी भएका हुन् । कर्माचार्यले ८ सय १ मत पाएका छन् । सहकोषाध्यक्षतर्फ निलम वैद्य विजयी भएकी छन् । राधिका सामरीपाण्डेलाई पराजित गर्दै वैद्य सहकोषाध्यक्ष विजयी भएकी हुन् । वैद्यले ९ सय १६ मत प्राप्त गर्दा पाण्डेले ७ सय ८१ मत प्राप्त गरेकी थिइन् ।

वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा कुलप्रसाद चौलागाईं, सदस्यमा राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र बालकृष्ण बजगाईं, उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सदस्यमा कृष्णगोपाल महर्जन, जगदीश दाहाल र भुपेन्द्रप्रसाद अधिकारी, महिला आरक्षणतर्फ सीतादेवी भेटवाल, एसोसिएटतर्फ उपाध्यक्ष उज्ज्वल चौलागाईं, सदस्यमा अंकिता सुमार्गी र नवराज खतिवडा, वस्तुगत् उपाध्यक्ष काव्यमणि अधिकारी र सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले पाएको मत १३ (बराबर) देखिएको छ । सदस्यमा शम्भु पुडासैनी विजयी भएका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here