हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेद्वारहरुले आफ्नो पदहरुमा उम्मेद्वारी दर्ता गराएका छन् । संघको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा विभिन्न उद्योगी/व्यवसायीहरुले उम्मेद्वारी दर्ता गराएका
छन् । शनिबार विहानदेखि मतदान हुने जनाइएको छ ।
संघको आसन्न निर्वाचनमा अध्यक्षमा प्रमोदसिं रानाभाट र अनिल अग्रवाल, महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ) र तेजराज अधिकारी, सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरीपाण्डेको उम्मेद्वारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बताए ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागार्इं र दिवस पराजुलीको उम्मेद्वारी परेको छ । सदस्यहरुमा राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, राजदेव बनियाँ, यज्ञबहादुर राई र होमनाथ खनाल (रोशन) छन् भने महिला आरक्षणतर्फ निलमकुमारी पाण्डे, निलम बजगाईं र मुनाकुमारी पाठकको उम्मेद्वारी दर्ता भएको छ ।
एसोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनाल र उज्ज्वल चौलागाईंको उम्मेद्वारी परेको छ भने सचिवमा माधब ज्ञवालीको मनोनयन दर्ता भएको छ । सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा, पुजन बिडारी, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेलको उम्मेदवारी परेको निर्वाचन अधिकृत ढकालले बताए ।
उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरेको उम्मेद्वारी परेको छ । उद्योग सचिवमा रुपकराज दाहाल, सदस्यहरुमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदीश दहाल, दीपक शिवाकोटी, भुपेन्द्रप्रसाद अधिकारीको दाबी परेको छ । महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेद्वारी परेको अधिकृत ढकालले बताए ।
वस्तुगततर्फ उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेद्वारी परेको छ । सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको नाम दर्ता भएको छ । सदस्यमा कृष्णप्रसाद अर्याल, गोबिन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेद्वारी दर्ता भएको छ । मनहरी आरक्षणतर्फ नारायण अधिकारी र शंकरप्रसाद कालाखेतीको उम्मेद्वारी परेकोमा सुबेदीको उम्मेद्वारी रद्ध भएको अधिकृत ढकालले बताए । उनीमात्र होइन, उद्योगतर्फ उम्मेदवार गंगाकुमारी श्रेष्ठको पनि उम्मेदवारी रद्ध भएको उनले बताए ।