27.9 C
Makwānpur
Homeमुख्य समाचारबजार व्यवस्थापन र सडक विस्तार प्रमुख चुनौती

बजार व्यवस्थापन र सडक विस्तार प्रमुख चुनौती

मनिता राना

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदैं जाँदा उम्मेदवारहरुसँगै मतदाताहरु पनि यत्तिकै उत्साहित देखिन्छ । व्यवसायीहरुको हकहित, संरक्षण र प्रवद्र्धनका लागि स्थापित मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान अवस्थामा बढ्दो आर्थिक मन्दी, हेटौंडाको बजार व्यवस्थापन, सडक विस्तारले उब्जने समस्या, घरबहाल समस्या आदि प्रमुख चुनौती छन् ।

निर्वाचनमा होमिएको दुई समूह नै हाल आफ्‌नो पोल्टामा नतिजा पार्नका लागिलागि परेको छ र यसबीच अनिल अग्रवालको समूहबाट सहकोषाध्यक्षमा राधिका पाण्डेसामरीको उम्मेद्वारी रहेको छ । मनहरी गाउँपालिका, वडा–७ मा परिधि इन्टरप्राइजेज फर्म सञ्चालन गरेकी पाण्डे २०७१ सालमा मनोनित कार्यसमिति सदस्यका रुपमा संघको कार्यसमितिमा प्रवेश गरेकी थिइन् ।

उक्त अवधिमा कार्यसमितिको सदस्यको भूमिकामा मात्र रहे पनि व्यावसायिक हितको सवालमा प्रतिनिधिपात्रको रुपमा आफ्‌ना प्रष्ट विचारसहित प्रभावकारी प्रतिनिधित्व गर्दै आएकी थिइन् भने महिला उद्यमी समितिको सचिवको जिम्मेवारीमा रही महिला उद्यमीहरुको प्रवद्र्धन, क्षमता अभिबृद्धि र संस्थागत् विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

बजारकेन्द्रितमात्र नभइ जिल्ला संघको जिम्मेवारीबहन गर्दै आफ्‌नै कर्मक्षेत्र मनहरी गाउँपालिकामा रहेको पश्चिम क्षेत्रीय संघको निरन्तरता, सशक्तीकरण र सेवामुखी कार्यका लागि संधै प्रयत्नशील रहँंदै आएकी छन् भने उद्यमशीलता विकासका लागि विभिन्न तालिम सञ्चालन, सहकारीमार्फत् वित्तीय विकास र आयआजर्नका कार्यक्रमहरुको आयोजना आदिमा निरन्तर लाग्दै आएकी छन् ।

फलस्वरुप, दोस्रो कार्यकालमा महिला आरक्षण सदस्यमा र्निविरोध निर्वाचित भइ आफूलाई उक्त तीन वर्षे कार्यकालमा सशक्तढंगबाट उभ्याउन सफल भइन् । कार्यकालमा संघको सहकोषाध्यक्षको भूमिकासँगै संघबाट प्राप्त विभिन्न जिम्मेवारी, संघबाट आयोजित महोत्सव सञ्चालन र व्यवस्थापनमा समेत महत्वपूर्ण कार्यसम्पादन गरिन् । गत निर्वाचनमा संघको अवस्था र निर्वाचन पद्धति सुधार गर्नुपर्ने कुरा अगाडि सार्दै फरकधारमा उभिएर राजनीतिक हिसाबले निर्वाचनमा होमिएका दुई समूहसँग प्रतिपर्धा गर्दै स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरी समग्र निर्वाचनको केन्द्रविन्दुमा रहिन् जितको सुनिश्चित गर्न थोरैमात्र मत अपुग भए पनि समूहगत्‌रुपमा प्रस्तुत गरिएको एक उम्मेदवारलाई पछाडि पार्दै सबै व्यवसायीहरुको मन जित्न सफल भइन् ।

आफू निर्वाचित नभएको अवस्था र पदीय जिम्मेवारीमा नरहे पनि निरन्तर संघ र व्यवसायीहरुसँग जोडिरहने र आफूले सकेको कार्य गरिरहने उनको स्वभावका कारण उनी सबै व्यवसायीहरुको खोजीमा सधैं रहिन् र यस पटकको निर्वाचनमा सहकोषाध्यक्षको रुपमा आफूलाई प्रस्तुत गर्दै संघको संस्थागत् विकास, व्यावसायिक एकता र आर्थिक पारदर्शितामा विशेष जोड दिइ संघ, व्यवसायी र स्थानीय आवश्यकताअनुरुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here