हेटौंडा/हेटौंडा/सहकारीहरु विश्वासयोग्य हुनु जरुरी रहेको हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले बताइन् । हेटौंडा– स्थित नवज्योति माध्यमिक विद्यालयको प्रांगणमा हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधरणसभामा मेयर लामाले यस्तो बताएकी हुन् ।
सहकारी चलाउनका लागि पहिलेजस्तो जसोतसो चल्न मुस्किल भएको उनले बताइन् । सहकारीका विषयमा हेटौंडा उपमहानगरमात्र नभइ राज्यलाई एउटा चुनौतीको विषय भएको लामाले बताइन् । ‘सहकारीमा हामी कुनै न कुनै कंहीकतै आवद्ध र्छा । त्यसैले सहकारीको संरक्षण हुनु आवश्यक छ,’ मेयर लामाले भनिन् । सभा संस्था अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर मेयर लामाको प्रमुख आतिथ्यता थियो ।
सभाका अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत् प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारणसभामा पेश गरे । उक्त अवसरमा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो । ७ हजार १ सय ४५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ४ करोड ७८ लाख ४३ हजार रुपियँ रहेको बताइएको छ । संस्थाको कुल बचत ५४ करोड ६० लाख २७ हजार छ ।
लगानी रहेको ऋण रकम ५५ करोड २१ लाख, जगेडा कोष ३ करोड ५५ लाख, अन्य कोष १ करोड २६ लाख रहेको अध्यक्ष बस्नेतले बताए । साधारणसभाको अवसरमा संस्थाले टिम टेलिभिजना संवाददाता मनिल महतोलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणी, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सचिव युवराज गौतमले जानकारी दिए । संस्थाको हेटौंडा–८ कमाने, हेटौंडा–१६ चिसापानी, हेटौंडा–२ मा सदस्य सेवाकेन्द्र छ ।