19 C
Makwānpur
Homeमुख्य समाचारजब छोराहरुले ‘चरित्रहीन’ को आरोप लगाए………….

जब छोराहरुले ‘चरित्रहीन’ को आरोप लगाए………….

मञ्जु मैनाली

हेटौंडा/भक्तपुर नगरपालिका स्थायी घर भएकी ४२ वर्षीया कुमारी श्रेष्ठ विभिन्न रोगले करिब एक वर्षदेखि ओच्छ्यानमा परेकी छन् । पतिले अर्की ल्याएपछि घर बनाउने बनाउने काम गरेर ३ सन्तानको हेरचाह गर्दै आएकी थिइन् । उनी केही समय विदेशमा समेत दुःख गरिन् र सन्तानलाई शिक्षा दिइन् । आज सक्षम भएका ती सन्तानले उनलाई विभिन्न आरोप लगाइ चरित्रहत्या गरी घरबाट उनकी सानी छोरीसमेत निकालिदिए ।

उनलाई पाठेघरको समस्या देखिएपछि विभिन्न आरोप लगाइ घरबाट निकालिदिएको उनी सुनाउँछिन् । १३ वर्षीया छोरी र उनलाई विभिन्न आरोप लगाइ घरबाट निकालिदिएपछि उनी रोगी शरीर लिइ आफ्‌नो ज्यालामजदुरी गरी ज्यान पाल्दै आएकी थिइन् । एकदिन उनी हिँड्दाहिँड्दै बेहोस भएर लडिन् र उनलाई छोरीले पाटन अस्पताल पुर्‍याइन् । उपचारका क्रममा ३ लाख जम्मा गर्नुपर्ने र चिकित्सकले मुटुबाट रगत बहेको भनेपछि आफूसँग पैसा नभएका कारण आमाछोरी नै अस्पतालबाट भागे । अस्पतालबाट भागेकी उनी हाल ओच्छ्यान परेकी छन् ।

घरबाट निकालिएपछि कोठामा बस्दै आएकी उनले कोठाभाडा तिर्न नसक्दा कोठाबाट समेत भागेर हिँडेको
सुनाउँछिन् । उनका दुई छोराले ‘चरित्रहीन’ को आरोपलाई घृणा गरेको र फर्केर नहेर्ने गरेको उनी सुनाउँछिन् । ‘मर्ने बेला एकचोटि सन्तानको मुख हेर्न पाए हुने’ भन्दै उनी गुनासो गर्छिन् । उनकी १३ वर्षीया छोरी दिनभर विभिन्न ठाउँमा पुगेर उठाएर ल्याएको पैसाले घरखर्च र आमाको उपचार गर्दैै आएकी छन् ।

‘आमाको उपचारका लागि र पढ्न कसैले सहयोग गरे म पढ्ने थिएँ,’ भन्दै स्वस्तिका निराश छन् । हेटौंडाका केही व्यवसायीले उनलाई खाद्यान्न र पैसासमेत सहयोग गरेका थिए । उनको हाल मुटुमा समस्या भएका कारण मुखबाट रगत आउने गरेको बताउँछिन् । एउटा सानो कोठामा शरण लिएकी उनको कोठामा पुग्दा न राम्रो ओढ्ने छ न त ओच्छ्याउने नै । आमाछोरी पुसको जाडोमा भुइँमा सुत्ने गरेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here