19 C
Makwānpur
Homeमुख्य समाचारमकवानपुरगढी पत्रकार अध्यक्षमा तिमल्सिना

मकवानपुरगढी पत्रकार अध्यक्षमा तिमल्सिना

हेटौंडा/हेटौंडासँग जोडिएको पालिकाका पत्रकारको साझा संस्था मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन भएका छन् । समाजको बिहीबार मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनले तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा सञ्चार माध्यमसमेत सञ्चालन गरिरहेका उनी अनलाइनखबर डट्कमको मकवानपुर संवाददाता र हेटौंडाको साझाकुरा दैनिकमा कार्यरत् छन् । समाज उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम दाहाल अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सहसचिवमा भुवन घलान (सोमलाल) चयन भएको निर्वाचन समिति संयोजक तथा नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईंले जानकारी दिए । सदस्यमा सञ्जीव सुनार, अञ्जना तामाङन्यासुर, आँचल घिमिरे र सुमिना चौलागाईंं छन् ।

२०७७ पुसमा स्थापित मकवानपुरगढी पत्रकार समाजमा करिब करिब ४० जना पत्रकार आबद्ध छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारको संस्थाका रुपमा गठित यो समाज दोस्रो हो । हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा वागमती प्रदेश उपाध्यक्ष, जिल्लाका उपाध्यक्ष, दुई सहसचिव, दुई कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्य गरी ८ जना निर्वाचित भएका थिए ।

मकवानपुरगढी पालिका अध्यक्ष दोर्जे लामास्यांतानको प्रमुख आतिथ्यता तथा समाज अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको अधिवेशनमा पालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाईंं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडा अध्यक्ष भागवत् घिमिरे, २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष अर्जुन तिमल्सिनालगायतको आतिथ्यता थियो ।

पालिका अध्यक्ष स्यांतानले समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै पालिकाको समग्र विकासमा पत्रकारको महत्वपूर्ण साथ चाहेको बताए । उनले मकवानपुरगढीका पत्रकारले सहयोगको प्रशंसा गरे । निवर्तमान अध्यक्ष हुमागाईंले पत्रकारको साझा संस्थाका रुपमा रहेको समाजबाट स्थानीय सरकारले धेरै अपेक्षा राख्ने बताउँदै राम्रो पक्षमा साथ दिने र कमीकमजोरी देखिए सचेत गराउनेसम्मको भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे ।

२८ मंसिरमा भएको पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको निर्वाचनबाट निर्वाचित समाजका ८ सदस्यलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरिएको छ । पत्रकार महासंघ प्रदेश उपाध्यक्षमा निर्वाचित हुमागाईं, जिल्ला उपाध्यक्ष निर्वाचित ध्रुव अधिकारी, सहसचिव शिव वियोगी चौलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम दाहाल अर्जुन र सञ्जीव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन बिडारी र प्रदेश परिषद् सदस्य निर्वाचित बलराम पुडासैनीलाई अध्यक्ष स्यांतान, निवर्तमान अध्यक्ष हुमागार्इंं, उपाध्यक्ष पाख्रिनलगायतले प्रमाणपत्रसहित खादा, टीका लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here