मनिता राना
हेटौंडा/नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा हेटौंडाका युवाले नेतृत्व लिएका छन् । यहाँका विष्णुप्रसाद घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष घिमिरेले घरजग्गा क्षेत्रलाई चलायमान बनाएमात्र देशको आर्थिक संकट टर्ने बताए । महासंघले यसका लागि नीतिगत् सुधार जरुरी रहेको पनि उनले बताए । उनले सरोकारवाला निकायलाई सुझाव दिएका छन् । उनले लामो समयदेखि एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज्ड गर्नुपर्ने विषयलाई मुख्यरुपमा उठाउँदै आएको भन्दै जग्गाको मूल्य र कर्जाधितोको अनुपात बढाउनुपर्ने बताए ।
भुउपयोग कानुन प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने, सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरमार्फत्मात्र घरजग्गा खरीदबिक्री गर्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ । नियमनकारी निकायको गठन गरी आफैंलाई नियमन गर्न अनुरोध गरिएको भन्दै रियल इस्टेट व्यवसायीहरुलाई पनि लाइसेन्स व्यवस्था गर्न र सरकारबाट लाइसेन्स लिएका व्यवसायीहरुले मात्र देशभर घरजग्गाको विकास, बिक्रीलगायत काम गर्न पाउनुपर्ने उनको माग छ । जग्गा एवम् सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरणको विषय पनि समस्याका रुपमा रहेको भन्दै विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि ऐनकानुन बनाएर तत्काल लागु गर्न उनले सुझाएका छन् ।
‘विदेशी मुद्रा सञ्चितिमा यस्तो व्यवस्थाले ठूलो भूमिका निर्वाह गर्नसक्ने भए पनि यसको कार्यान्वयन नहुँदा घरजग्गा व्यवसायी दुःखी छन्,’ महासंघका अध्यक्ष घिमिरेले भने । उनले व्यवस्थित बसोबास तथा शहरीकरणसम्बन्धि आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिने विषय र ल्याण्डपुलिङ तथा हाउसपुलिङ आयोजनाका साथै ठूलाठूला शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने माग राखेका छन् । महासंघ घरजग्गा क्षेत्रलाई क्रियाशील व्यवसायीहरुको हकहितमा निरन्तररुपमा पैरवी गर्दै आइरहेको भन्दै नेपालमा रियलस्टेट क्षेत्रको विकास तथा यसको स्वच्छ विस्तार र प्रतिस्पर्धाका लागि एनएलएचडीएफले काम गरिरहेको अध्यक्ष घिमिरेले बताए ।
‘घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विस्तार गर्न महासंघले विभिन्नढंगबाट आफ्ना क्रियाकलाप अगाडि बढाउँदै लगेको छ,’ उनले भने-महासंघले संगठन विस्तार तथा सुदृढीकरणका लागि कार्य गर्नुपर्ने, लिमिटेड कम्पनी स्थापना गरी ठूलाठूला रियल इस्टेट आयोजनाहरु सञ्चालन गर्नुपर्ने जस्ता विविध विषयमा विशेष जोड दिँदै आएको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखापरेका अवस्थामा सबभन्दा बढी पीडा र समस्यामा घरजग्गा व्यवसाय तथा यसमा आबद्ध व्यवसायीहरु पनि परेको उनले बताएका छन् ।
‘जग्गा तथा आवासको विषयलाई राष्ट्रनिर्माणको एउटा महाअभियानको महत्वपूणर् अंगको रुपमा बुझ्नुपर्छ,’ उनले भने-जग्गा तथा आवासको विषयलाई निरपेक्षरुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन । यो राष्ट्रनिर्माणको एउटा महाअभियानको महत्वपूणर् अंग हो, महत्वपूणर् कडी हो । त्यसैले मुनाफाका लागि व्यवसायमात्र नभएर देशनिर्माणको अभियानमा हाम्रो योगदान छ । उनले अनुमतिप्राप्त कम्पनीबाट मात्र घरजग्गा कारोबार हुने ऐन बनेको र उक्त ऐन कार्यान्वयनका लागि सरकारले पहल गनुपर्ने बताए ।
उनले १० रोपनीसम्म क्षेत्रमा रियल इस्टेट आयोजना सञ्चालन गर्नेको हकमा सडकका लागि ६ मिटर र खुला क्षेत्र ५ प्रतिशत् कायम गर्न माग गरे । व्यवस्थित शहरीकरण प्रवद्र्धन गर्ने कार्यलाई प्रोत्साहित गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त गरी सम्पूणर् पूर्वाधारसहित निर्माण गरी बिक्रीमा राखिएका घर तथा अपार्टमेण्ट खरिदकर्तालाई रजिष्ट्रेसन दस्तुर छुट दिने व्यवस्था गर्नुपर्ने र बैंकको ब्याजदरमा पनि अन्यमा भन्दा कम लिने व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरेका छन् । अधिकांश रियलस्टेट उद्योग सम्पन्न गर्न कम्तिमा ३ देखि ५ वर्षसम्म लाग्ने भएकोले यस्ता उद्योगहरुलाई बहुवर्षीय आयोजनाहरुले पाएसरह सुबिधा तथा सहुलियत उपलब्ध गराउन पनि उनको अनुरोध छ ।
‘देश विषम् आर्थिक अवस्थामा गुज्रिरहेको वर्तमान परिप्रेक्ष्यमा देशभर सक्रिय घरजग्गा व्यवसायीहरुले भोगिरहेको समस्या र यसको समाधानका लागि महासंघले विभिन्नढंगबाट सरकार तथा सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गरिरहेको छ । मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रवद्र्धनका लागि हामीले सरकारलाई राय, सल्लाह एवम् सुझाव दिँदै आफ्ना गुनासो सम्बोधनका लागिसमेत प्रयास गरिरहेका छौं ।
काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरुणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसार्इंं र देवकुमार महतो निर्वाचित भएका छन् । २०७९ बैशाख ९ गते स्थापना भएको नेपाल जग्गा तथा आवास विकास महासंघको प्रथम महासभा २०७९ चैत १८ गते आयोजना भएको थियो ।