हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत् बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गराउनेमा २ जना पत्रकारको संगठनका उम्मेदवार छन् भने ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जसमा प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरका साझा उम्मेदवारका रुपमा बालकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् भने प्रेस संगठन नेपाल मकवानपुरबाट अञ्जली थापाले उम्मेदवारी दर्ता गरेकी हुन् । स्वतन्त्रबाट पोष्टराज अधिकारी, सुरेश श्रेष्ठ र शिवकुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए ।
उपाध्यक्ष (खुला) मा गणेश अधिकारी, ध्रुव अधिकारी र रवीन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतीक्षा न्यौपानेले उम्मेदवारी दिएका छन् । सचिवका लागि पनि ३ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा केशब सुबेदी, इन्द्रबहादुर बञ्जारा र अशोकसुजन श्रेष्ठ रहेको समिति संयोजक आचार्यले बताए ।
कोषाध्यक्षमा प्रदीप अधिकारी र एमपी शर्मा, सहसचिव खुलामा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईंको उम्मेदवारी दर्ता भएको छ । सहसचिव समावेशीमा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा सञ्जीव सुनार र सुमित बिश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन् ।
आवश्यक ६ जनाको खुला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा जीवराज बख्रेल, कृष्णा बिष्ट (सुनिता), कुमारमणि हुमागाईं, मञ्जिता मैनाली, श्रीराम अर्जुन दाहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइबाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए ।
केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन बिडारी छन् । बुधबार नै ८ जना निर्विरोध निर्वाचित भएका छन् । सदस्य (मधेशी) मा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । जसमा सुनील शिवाकोटी, कपिल खड्का, अनिष लुईंटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर छन् भने केन्द्रीय परिषद् सदस्य समावेशीतर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक आचार्यले
बताए ।
महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत् शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १७ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि एक सय १७ मतदाताले मतदान गर्नेछन् । यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो । संघीय समिति अध्यक्षका लागि निर्मला शर्मा र रमेश बिष्टको उम्मेदवारी परेको छ भने वागमती प्रदेश समिति अध्यक्षका लागि शिव देबकोटा र कृष्ण सारुमगरले उम्मेदवारी दर्ता गरिसकेका छन् ।